महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९

मानव संशाधन विकास महाशाखा

मानव संशाधन विकास महाशाखा

शैक्षिक व्यवस्थापन तालिम शाखा

. शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा, मापदण्ड विकास तथा प्रमाणीकरण सम्बन्धी कार्य गर्ने

. शिक्षा प्रशासनमा कार्यरत कर्मचारीको सेवाकालीन तालिम तथा निरन्तर पेशागत विकास तालिमको लागि पाठ्यक्रमको ढाँचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्बन्धी कार्य गर्ने

. प्रदेश अन्तरगतका शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको सम्वन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन सम्वन्धी कार्य गर्ने

. शिक्षा क्षेत्रमा समुदायतह देखि केन्द्रतह सम्म संलग्न मानव संसाधनको कार्यदक्षता अभिबृद्धिका लागि तालिम आवश्यकताको पहिचान गर्ने

. शैक्षिक व्यवस्थापन तालिम पाठ्यक्रम, निर्देशिका तथा सामग्री विकास एवम परिमार्जनको कार्य गर्ने

प्रधानाध्यापकको पेशागत विकासकालागि विद्यालय व्यवस्थापन तालिमको पाठ्यक्रम तथा नमूना तालिम सामग्री विकास प्रमुख प्रशिक्षक प्रशिक्षण कार्य सन्चालन गर्ने

. शिक्षा सेवाका अधिकृतहरूको पेशागत दक्षता अभिबृद्धिसम्बन्धी कार्यहरु गर्ने

. शिक्षा सेवाका रा.पं. प्रथम श्रेणीका अधिकृतहरूका लागि पेशागत क्षमता विकास सम्बन्धी कार्यहरु गर्ने

. शैक्षिक व्यवस्थापन तालिमको अनुगमन सम्बन्धी कार्यहरु गर्ने

१०. शैक्षिक जनशक्तिको व्यावसायिक स्तर प्रवर्द्धन गर्ने सम्बन्धी योजना निर्माण कार्यान्वय तथा सम्बन्धित निकायसँग समन्वय गर्ने

११. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

शिक्षक तालिम शाखा

. विद्यालय तहको साधारण तथा प्राविधिक धार तर्फको शिक्षाको लागि आवश्यक शिक्षक तालिमका कार्यनीति निर्माण तथा कार्यान्वयन सम्वन्धी कार्यहरु गर्ने

. शिक्षकका सक्षमताको प्रारूप तयार गर्ने

. शैक्षिक गुणस्तर सुधारका लागि तालिम पाठ्यक्रम तथा नमूना तालिम सामग्री विकास प्रमाणीकरण सम्वन्धी कार्यहरु गर्ने

. शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा मापदण्ड विकास गर्ने

. सेवाकालीन शिक्षक तालिमको लागि पाठ्यक्रम निर्माण स्वीकृति तथा नमूना तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्बन्धी कार्यहरु गर्ने

. शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण तथा तालिमकेन्द्रसंगका काममा समन्वय गर्ने

. शिक्षक तालिमको मूल्यांकनका लागि ग्रिड विकास तथा नमूना प्रश्नहरु निर्माण गर्ने

. शिक्षक तालिमको मूल्याकंनको मापदण्ड तयार गर्ने

. विद्यालयको तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रोवोधिकरण गर्ने

१०. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

अनुसन्धान तथा गुणस्तर सुधार शाखा

. शैक्षिक अनुसन्धानको क्षेत्र पहिचान गर्ने तथा यस सम्बन्धी नीति निर्धारणमा सहयोग पुर्याउने

. शिक्षक तथा व्यवस्थापन तालिमको प्रभावकारिता अध्ययन योजना तथा कार्यक्रम कार्यान्वय नगर्नेरगराउने

. शैक्षिक अनुसन्धानात्मक लेख तथा रचनाहरु प्रकाशनको योजना कार्यान्वयन गर्नेरगराउने

. अनुसन्धानमा आधारित भइ शैक्षिक नीति निर्माणका लागि सुझाव पेस गर्ने

. गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाकालागि मापदण्ड निर्धारण गर्ने

. गुणस्तरीय शिक्षाका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अनुसन्धानको संकलन, विश्लेषणगरी नेपालको परिप्रेक्षमा त्यसका उपयोगी अवधारणाहरुको प्रयोगको सम्भाव्यता अध्ययन गर्नेगराउने

. शिक्षक तालिम शैक्षिक व्यवस्थापन तालिम कार्यक्रम सञ्चालन सम्वन्धी विषयमा शैक्षिक अनुसन्धान मार्फत शैक्षिक नीति निर्धारण गर्न सुझाव पेश गर्ने

. मानव संशाधन तथा कर्मचारी व्यवस्थापनको गुणात्मक विकासका लागि अध्ययन, अनुसन्धान तथा आवश्यकता पहिचान गर्ने विषयमा समन्वयकारी भूमिका निर्वाह गर्ने

. केन्द्रवाट सम्पादन हुने सामग्री विकास, प्रशिक्षक प्रशिक्षण, तालिम मूल्याङ्कन तथा अनुसन्धान जस्ता विषयमा संघ, प्रदेश तथा स्थानीय तहमा रहेका तालिम प्रदायक संस्थावाट दिइने क्षमता विकासका कार्यक्रमहरुमा गुणस्तर कायम राख्न गुणस्तर सुनिश्चितता स्कीम Quality Assurence Scheme) को विकास कार्यान्वयन परिमार्जन सम्वन्धी कार्यहरु गर्ने

१०. कार्यालयबाट प्रकाशन, विकास छपाई हुने सामग्रीको साइज, गुणस्तर डिजाइन निर्धारण गर्ने

११. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

आर्थिक प्रशासन शाखा

. केन्द्र कार्यालय तथा अन्तर्गतका कार्यालयहरूको चालू पूँजिगत तर्फको बजेट तथा कार्यक्रम तयार गर्न सहजीकरण गर्ने

. केन्द्रको आर्थिक कारोबारको नियमित लेखा राख्ने प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पठाउने

. स्वीकृत बजेट रकम मध्येबाट सम्वन्धित कार्यक्रमको रकम निकासा दिने

. मन्त्रालयबाट प्राप्त अख्तियारी मार्ग दर्शनको आधारमा आवश्यकता अनुसार केन्द्रीय निकाय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहमा रहेका शिक्षासम्वन्धी कार्यालयहरूको बजेट खर्च गर्ने अख्तियारी पठाउने

. केन्द्रको केन्द्र कार्यन्वयन गर्ने निकाय भै सन्चालन भएका शिक्षा सम्वन्धी आयोजना तथा परियोजनाहरुको आन्तरिक अन्तिम लेखापरीक्षण सम्वन्धी कार्य गर्ने तथा बेरुजु लगत राख्ने एवं फछ्र्यौट गरी सम्परीक्षण गराउने

. बैदेशिक ऋण तथा अनुदान सहयोगको हिसाब दुरुस्त राख्ने लेखा परिक्षण गराउने

. केन्द्रीयस्तरको आर्थिक विवरण तयार गर्ने

. दातृ संस्थाहरूलाई सम्झौता बमोजिम आर्थिक विवरण, वित्तीय प्रगति प्रतिवेदन लगायत खर्चको हिसाब पेश गर्ने सोधभर्ना माग गर्ने

. केन्द्र मातहतका कार्यालयहरू तथा विद्यालयहरूको आर्थिक अभिलेख व्यवस्थापनसँग सम्बन्धित कार्यहरूमा मापदण्ड तयारी तथा सहजीकरणका कार्यहरु गर्ने

१०. केन्द्र मातहत निकाय तथा विद्यालयस्तरको सार्वजनिक वित्तिय व्यवस्थापनसँग सम्बन्धित आवश्यक कार्यहरू गर्ने

११. प्रादेशिक, जिल्ला तथा स्थानीय शिक्षा सम्वन्धी काम गर्ने कार्यालयरनिकायरइकाइरहरूको बेरुजु लगत राख्ने बेरुजु फछ्र्यौट सम्बन्धी काममा आवश्यकताको आधारमा समन्वय तथा सहजीकरणका कार्यहरु गर्ने, गराउने

१२. शाखालाई तोकिएका कार्यक्रमहरूको वार्षिक बजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित महाशाखारशाखामा प्रस्तुत गर्ने, गराउने

१३. प्रचलित आर्थिक कार्यविधी ऐन तथा नियमावली बमोजिम आर्थिक प्रशासन शाखाले गर्नुपर्ने भनी तोकिएको अन्य कार्यहरु गर्ने

१४. महाशाखावाट तोकिएका अन्य कार्यहरू गर्ने गराउने

आन्तरिक प्रशासन शाखा

. केन्द्रको सामान्य दैनिक प्रशासन सञ्चालनसम्बन्धी कार्यहरु गर्ने

. कार्यालयका निजामती कर्मचारीहरूको नियुक्ति, पदस्थापना, काज, सरुवा, पदोन्नति, राजीनामा, बिदा, अवकास, दण्ड-सजाय, पुरस्कार तथा विभागीयकारवाही सम्बन्धी तोकिएका कार्यहरु गर्ने

. केन्द्रको कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन मुल दर्ता तथा चलानी पालो पहरा तोक्ने सम्बन्धी कार्यहरु गर्ने

. कार्यालयका कर्मचारीहरूको वृत्तिविकासको लागि मानवश्रोत विकास योजना ९ज्च्म् एबिल० तर्जुमा कार्यान्वयन सम्वन्धी कामहरु गर्ने

. केन्द्रको सम्पत्ति संरक्षण, जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको ब्यक्तिगत अभिलेख ब्यबस्थापन कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने

. नेपाल सरकारको कार्यक्रम बजेट अनुसार कार्यालयबाट खरीद गर्नुपर्ने जिन्सी सामान खरिद योजना ९एचयअगचझभलत एबिल० बनाई खरिद गर्ने सो को उचित रेखदेख, मर्मतसम्भार वितरणको व्यवस्था मिलाउने सम्बन्धी कार्य गर्ने

. दातृ समुदायरराष्ट्रसँग भएको सम्झौता कार्यक्रम बमोजिम कार्यालयबाट हुने जिन्सी सम्बन्धी खरिद कार्यकालागि सम्झौता कार्यक्रममा उल्लेख भएका शर्त एवम् जारी निर्देशिका बमोजिम गरी सोको उचित वितरण तथा व्यवस्थापन गर्ने गराउने

. विदेशीदातृ संस्थाहरूसँग भएका सम्झौता अनुसारका सामग्रीहरूको खरीदगर्न भन्सार छुटको लागि सो सामानको उपादेयताका आधारमा मन्त्रालयमा सिफारिश गर्ने

. कार्यालयकोआन्तरिक व्यवस्थापन, सुरक्षा, सरसफाई तथा चमेनागृहको नियमित अनुगमन गरी तोकिएवमोजिम भए नभएको अनुगमन गरी व्यवस्थापनमिलाउने

१०. कार्यालयका कर्मचारीहरूको वार्षिक तलबी प्रतिवेदन तथा सम्पत्ति विवरण सम्बन्धी आवश्यक कार्य गर्ने

११. आयोजनातर्फका अस्थायी दरबन्दी स्वीकृत एवं कर्मचारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने

१२. स्वदेशी तथा विदेशी तालिम, गोष्ठी, सेमिनार तथा अध्ययन भ्रमणमा केन्द्रका कर्मचारीहरुको मनोनयनका लागि पेश गर्ने

१३. सवारी साधनको खरीद, मर्मतसम्भार, उचित व्यवस्थापन, वितरण एवं ईन्धन सम्बन्धी आवश्यक कार्य गर्ने ,गराउने

१४. दैनिक प्रशासन सन्चालन सम्वन्धी काम लगायत शाखालाई तोकिएका अन्य कार्यक्रमहरूको वार्षिक बजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित महाशाखामा प्रस्तुत गर्ने

१५. कार्यालयका बारेमा पर्न आएका विभिन्न उजुरी एवम् गुनासोहरूको छानवीन गर्ने,गराउने सम्बन्धी आवश्यक कार्य गर्ने

१६. सार्वजनिक सेवामा पारदर्शिता जवाफदेहिता कायम गर्न, गराउन ऐन नियम, विनियम, निर्देशिका लगायतले निर्देश गरे वमोजिम कार्यान्वयन गर्ने

१७. महाशाखावाट तोकिएका अन्य कार्यहरू गर्ने

सूचना प्रविधि तथा पुस्तकालय शाखा

. विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग सम्बन्धी कार्य ढाँचा तथा निर्देशिकाहरु तयारी गरी पेश गर्ने

. केन्द्रको पुस्ताकालयको ब्यबस्थापन, सन्चालन संरक्षण सम्वन्धी कार्यहरु गर्ने

. केन्द्रको स्थापित पुस्तकालयको संरक्षण सम्वर्दन विकास प्रयोग सम्वन्धी योजना तथा कार्यक्रम वनाइ पेश गर्ने स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने

. पुस्तकालयको विकास सन्चालन सम्वन्धी कार्यहरु गर्ने

. सामुदायिक पुस्तकालय तथा विद्यालयका पुस्तकालयहरुको स्थापना, सन्चालन, व्यवस्थापन तथा नियमनका विषयमा मापदण्डहरु वनाइ पेश गर्ने

अन्तर क्रियात्मक डिजिटल सिकाइ सामग्री तथा पाठ्यसामग्री विकास तथा

प्रवोधीकरण सम्वन्धी कार्य गर्ने

. डिजिटल तथा अनलाइन सम्बन्धी पुस्तकालयको नीति निर्माण गर्न सुझाव पेश गर्ने

. केन्द्रले गरेका कार्यहरुको डकुमेन्टेशन तथा अभिलेखालय सम्वन्धी कामहरु गर्ने

. सूचना प्रविधि पुस्तकालय सँग सम्वन्धित अन्य सरकारी तथा गैह्र सरकारी निकायसँग समन्वय गरी आवश्यक सूचना संकलन प्रयोग गर्ने कार्यहरु गर्ने

१०. सूचनाहरुलाई विद्युतीय माध्यमवाट सम्प्रेषण गराउने कार्यहरु गर्ने

११. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

बेरुजु शाखा