महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा द्वितीया - १७

परिचय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको स्थापना साविकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेका तीन ओटा केन्द्रिय निकायहरू शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई एकीकृत गरी २०७५ साल जेठ ६ गते नेपाल सरकारबाट भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनको साथै अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा, निःशुल्क माध्यमिक शिक्षा, विद्यालय शिक्षामा समतामूलक पहुँच र सहभागिता सुनिश्चित गर्न तथा विद्यार्थीहरुको सिकाइ उपलब्धिमा सुधार गरी समग्र विद्यालय शिक्षामा गुणस्तर सुधार र सुशासन कायम गर्ने कार्य गर्दछ । सवैको लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितताको साथै आजीवन सिकाइका अवसरहरु विस्तार गर्ने लक्ष्य हासिल गर्नको लागि विद्यालय शिक्षा योजना तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन, समन्वय र सहजीकरण गर्ने काम गर्दछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका कार्यहरुलाई ३ वटा क्षेत्रमा वाँडेर हेर्न सकिन्छः विद्यालय शिक्षाको लागि आवश्यक मापदण्डहरुको विकास तथा विद्यालयहरुमा अनुदान रकम निकासा, शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन र साक्षरता तथा आजीवन सिकाइ कार्यमा सहयोग ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रही विभिन्न केन्द्रीय निकाय, प्रदेश सरकार तथा स्थानीय तह एवम् विभिन्न विकास साझेदार संस्थाहरु सँगको समन्वय र सहकार्यमा विद्यालय शिक्षा क्षेत्र योजना, वार्षिक कार्यक्रम तर्जुमा, विभिन्न मापदण्डहरुको विकास तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि समन्वय, सहकार्य र सहजीकरणको काम गर्दछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शैक्षिक योजना तथा विकास महाशाखा, मानव संसाधन विकास महाशाखा शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा गरी तीनओटा महाशाखाहरू रहेका छन् । केन्द्रको प्रमुखको रूपमा महानिर्देशक रहने र प्रत्येक महाशाखाको नेतृत्व उपमहानिर्देशकवाट हुने व्यवस्था रहेको छ । केन्द्र अन्तर्गत सत्रओटा शाखाहरू रहेकाछन् भने जिल्लामा केन्द्रको कामलाई सहयोग , समन्वय र सहजीकरण गर्नको लागि प्रत्येक जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइहरू रहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यविवरण