महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा

पाठ्यक्रम तथा सामाग्री शाखा

. बैकल्पिक शिक्षा अन्तर्गत अनौपचारिक प्रौढ विद्यालय, आधारभूत माध्यमिक तहका खुला विद्यालयका लागि स्वीकृत पाठ्यक्रममा आधारित भइ पाठ्यपुस्तक, शिक्षक निर्देशिका, विद्यार्थीका लागि अभ्यास पुस्तिका, सन्दर्भ सामग्रीहरुको विकास, छनोट तथा छपाइ गर्ने

. आधारभूत, वित्तीय तथा विद्युतीय साक्षरता निरन्तर शिक्षाका लागि पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री विकास छपाई गर्ने

. विभिन्न पेसाकर्मी तथा निवृत्त शिक्षक कर्मचारीका लागि जीवनपर्यन्त निरन्तर पेसागत शिक्षासम्बन्धी नमूना कार्यक्रम, पाठ्यपुस्तक तथा अध्ययन सामग्री विकास तथा व्यवस्थापन गर्ने

. विद्यालय पूर्व उमेर समूहका, विद्यालयको पहुँच नपुगेका प्रौढ नागरिक उच्च शिक्षा तहमा माथिल्लो तहमा भर्ना हुन प्रतीक्षारत विद्यार्थीहरुका लागि आवश्यकताका अध्ययनका आधारमा सिकाइ सामग्री विकास तथा व्यवस्थापन गर्ने

. अनौपचारिक तथा अरीतिक प्रणालीबाट आर्जित ज्ञान तथा सिप पहिचान, बर्गीकरण प्रमाणीकरणका लागि मापदण्ड सहितको कार्यान्वयन प्रारुप विकास गर्ने

. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

श्रव्य दृष्य शाखा

. दूर शिक्षारखुला सिकाइ कार्यक्रम सञ्चालन गर्न विषय वस्तु सम्पादन, रेकर्डिङ्ग तथा रेडियो प्रसारण गर्नका लागि कार्ययोजना वनाइ कार्यान्वयन गर्ने, गराउने

. दूर शिक्षाको माध्यमबाट शिक्षक तालिम तथा कार्यक्रम सञ्चालन गर्नेरगराउने

. दूर शिक्षाको माध्यमबाट विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउने

. आवश्यकता अनुसार भिडियो कर्न्फ्रेन्सरिङ्ग, टेलिकर्न्फ्रेन्सरिङ्ग कार्यक्रमहरु आयोजना गर्ने

. स्वीकृत पाठ्यक्रम अनुसारको सामग्री तयार पारी श्रव्य दृश्य कार्यक्रमहरू सञ्चालन गर्ने गराउने

. उत्पादित कार्यक्रम तथा प्रसारित सामग्रीको प्रभावकारीता अध्ययनका लागि अनुगमन गर्ने

. विद्यालयको स्वीकृत पाठ्यक्रममा आधारित भई वर्षभरी पठनपाठन गर्ने अनिवार्य विषयका सवै पाठहरु भर्चुअल विधिबाट प्रत्यक्ष शिक्षण गरी भर्चुअल विद्यालयहरुमा त्यसको प्रसारणको सुनिश्चितता सम्वन्धी कार्यहरु गर्ने

. राष्ट्रिय, प्रदेश स्तर स्थानीय तहका टेलिभिजिन तथा रेडियोरएफएमहरुसंग सहकार्य गरी भर्चुअल पाठहरु प्रसारणको व्यवस्था मिलाइ सवै विद्यालयका विद्यार्थीहरुको पहुँचको सुनिश्चितता सम्वन्धी कार्यहरु गर्ने

. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

शैक्षिक प्रविधि शाखा

. विद्यालय तहमा पठन पाठन हुने कम्प्यूटर विषयको अध्यापन तथा सबै विषयको शिक्षणमा सूचना प्रविधिको प्रयोगका लागि आवश्यक पर्ने उपकरण पूर्वाधार तथा सफ्टवेयर विकास सम्बन्धी कार्य गर्ने

. विद्यालय शिक्षाका लागि शैक्षिक सूचना नीति आइसिटि मास्टर प्लान तयार गरी पेश गर्ने स्वीकृत योजनाको प्रभावकारी कार्यान्वयनका लागि नमूना निर्देशिका तथा कार्यविधिहरु तयार गर्ने

. शिक्षण सिकाइमा आइसिटीको प्रयोग गर्ने शिक्षक तथा प्राविधिकका लागि क्षमता विकासका प्रारुपहरु तयार गर्ने

. देशभरका विद्यालयहरुमा इन्टरनेटको पहुँच सम्बन्धी कार्यक्रम विकास अन्तरनिकाय समन्वयसम्बन्धी कार्यहरु गर्ने

. विद्यालय शिक्षा, निरन्तर सिकाइ सेवाकालीन शिक्षक तालिमको लागि डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण प्रसारण सम्वन्धी कार्यहरु

. शैक्षिक सूचना प्रविधिको प्रबर्धनका लागि गैर सरकारी संस्थासंग समन्वयात्मक भूमिका निर्वाह गर्ने

. गैसस तथा निजी क्षेत्रबाट विकसित श्रव्य श्रव्यदृष्य सामग्रीको संकलन, गुणस्तर परीक्षण विद्यालय तहसम्म सरल सहज पहुँचको सुनिश्चितता गर्ने

. केन्द्रको वेवसाइट तथा सूचना प्रविधि सम्बन्धी कार्यहरू गर्ने

. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा

. साक्षरता घोषणाको अभियानका लागि सहजीकरण मार्गदर्शन सहितको कार्यविधि मापदण्ड विकास गर्ने तथा सो काममा प्रदेश स्थानीय तहवीच समन्वय गर्ने

. बैकल्पिक शिक्षा अन्तर्गत अनौपचारिक प्रौढ विद्यालय, आधाभूत माध्यमिक तहका खुला विद्यालय कार्यक्रमहरुको संचालन तथा व्यवस्थापनमा समन्वय सहजीकरण गर्ने

. जीवन पर्यन्त शिक्षाका लागि लक्षित बर्ग उमेर सुहाउँदो नमूना कार्यक्रमहरु विकास गर्ने तथा ति कार्यक्रमहरुको कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने

. सामुदायिक अध्ययन केन्द्र, गैह्र सरकारी संस्था तथा विद्यालयहरु परिचालन गरी निरन्तर शिक्षा संचालन गर्न प्रदेश तथा स्थानीय तहसंग सहकार्य गर्ने

. अनौपचारिक शिक्षा, साक्षरता, निरन्तर शिक्षा सम्बन्धी सूचना प्रणाली अद्यावधिक गर्ने कार्यमा आवश्यक सहजीकरण गर्ने

. आधारभूत, वित्तीय तथा विद्युतीय साक्षरता निरन्तर शिक्षा कार्यक्रम संचालनको व्यवस्था गर्ने

. विभिन्न पेसाकर्मी तथा निवृत्त शिक्षक कर्मचारीका लागि जीवनपर्यन्त निरन्तर पेसागत शिक्षा कार्यक्रम संचालन गर्ने

विद्यालय पूर्व उमेर समूहका, विद्यालयको पहुँच नपुगेका प्रौढ नागरिक उच्च शिक्षा तहमा माथिल्लो तहमा भर्ना हुन प्रतीक्षारत विद्यार्थीहरुका लागि आवश्यकताका अध्ययनका आधारमा सिकाइ कार्यक्रम संचालन व्यवस्थापनमा समन्वय सहजीकरण गर्ने

. अनौपचारिक तथा अतिरिक्त प्रणालीबाट आर्जित ज्ञान तथा सिप पहिचान, वर्गीकरण प्रमाणीकरण कार्यको संचालन व्यवस्था गर्ने

१०. विद्यालय तहको खुला तथा दूर शिक्षाको स्वाध्ययन सामग्री, पाठ्य सामग्री, श्रव्यदृष्य सामग्री आदिको उपयुक्तता परीक्षण कार्य गर्ने गुणस्तर सुधारका लागि सुझाव तथा पृष्ठपोषणहरु दिने सम्वन्धी कार्यहरु गर्ने

११. स्थानीय तथा प्रदेश तहबाट प्राप्त प्रगति विवरणका आधारमा अनौपचारिक शिक्षा तथा साक्षरताको राष्ट्रिय स्थिति प्रतिवेदन तयार गर्ने

१२. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राम्रा अभ्यास तथा सहकार्यका आधारमा साक्षरता तथा निरन्तर शिक्षा सुधार योजना तयार गरी पेश गर्ने

१३. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

समावेशी शिक्षा शाखा

. समावेशिता, अपांगता, सांकेतिक भाषा, सूचना प्रविधि लगायतका विषयक्षेत्रमा तोकिएका कार्यहरु गर्ने

. समावेशी शिक्षा सम्बन्धी माग आवश्यकताका आधारमा पहिचान भएका कार्यहरु गर्ने

. समावेशी शिक्षाको नीति, रणनीति विकास एवम् कार्यान्वयनमा सहजीकरण गर्ने तथा अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ एवम् व्यवस्थापनसँग सम्बन्धित विषयमा आवश्यकता अनुसार अध्ययन अनुसन्धान गराउने

. अपाङ्गता भएका बालवालिकाका लागि विशेष प्रकृतिका विद्यालयबाट दिइने शिक्षासम्बन्धी कार्यहरुमा सहजिकरण गर्ने

. अपाङ्गता क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी संस्थाहरुसँगको सहकार्यमा गरिने कार्यक्रमहरुको तर्जुमा कार्यान्वयनमा गरिनु पर्ने समन्वय सम्वन्धी कामहरु गर्ने

. विभिन्न किसिमका छात्रवृत्ति तथा लक्षित वर्गलाई दिइने प्रोत्साहन सम्वन्धी मापदण्ड निर्धारण लक्षित वर्गसम्म सेवा पुर्याउने कार्यका लागि आवश्यक नीति, रणनीति तर्जुमामा सहजीकरण समन्वय गर्ने

. सबै किसिमका शैक्षिक कार्यक्रमलाई लैङ्गिक मैत्री बनाउन विद्यालयमा लैङ्गिक मैत्री वातावरण सिर्जनामा सहजीकरण सम्वन्धी कार्यहरु गर्ने

. बहुकक्षा,बहुस्तररबहुभाषा तथा शिक्षाको माध्यम भाषा सम्बन्धी नीति, योजना निर्माण एवम् स्रोत व्यवस्थापनमा सम्बन्धी सहजीकरण सम्वन्धी कार्यहरु गर्ने

. मातृभाषामा शिक्षासम्बन्धी राष्ट्रिय स्तरका कार्यक्रमहरु तर्जुमा कार्यान्वयसम्बन्धी कार्य गर्ने

१०. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने