महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९

शैक्षिक योजना तथा विकास महाशाखा

शैक्षिक योजना तथा विकास महाशाखा

योजना तथा अनुगमन शाखा

. विद्यालय शिक्षा सम्बन्धी आयोजना कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्न प्राविधिक सहयोग एवम् योजना निर्माण तथा विश्लेषण गर्ने गराउने

. विद्यालय क्षेत्र विकास कार्यक्रम, पढाइ सीप प्रवर्धन लगायत राष्ट्रिय शिक्षा विकास केन्द्र मार्फत् सञ्चालन हुने शिक्षा सम्बन्धी सबै आयोजनाहरु तथा बजेट उपशीर्षकहरुको बार्षिक योजना तथा कार्यक्रम बनाई स्वीकृतिका लागि पेश गर्ने

. विद्यालय क्षेत्र विकास कार्यक्रम, पढाइ सीप प्रवर्धन लगायत विद्यालयस्तरमा सञ्चालन हुने शिक्षा सम्बन्धी सबै आयोजनाहरुको लागि स्थानीय तहगतरुपमा आवश्यक बजेट तथा अनुदान विवरण तयार गरी पेश गर्ने

. अनौपचारिक, वैकल्पिक तथा निरन्तर शिक्षा सम्बन्धी योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने

. विद्यालय शिक्षाको लागि भौतिक सुविधा सहितको न्यूनतम सिकाई अवस्थाको योजना निर्माण गर्ने तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरणसम्बन्धी कार्य गर्ने

. विभिन्न दातृ निकायहरुसँग भएको सम्झौताका आधारमा सञ्चालन हुने योजना तथा परियोजनाहरुको समन्वय गर्ने ति निकायहरुसँग समन्वय तथा संयुक्त वैठक सञ्चालन गर्ने सम्वन्धी कार्यहरु गर्ने

. शिक्षा तथा मानव स्रोत विकास केन्द्रवाट सन्चालन भएका सबै कार्यक्रमहरुको अनुगमन योजना वनाइ पेश गर्ने, स्वीकृत योजनाको आधारमा अनुगमन तथा आवधिक समीक्षा सम्वन्धी कार्यहरु गर्ने

. कार्यक्रम व्यवस्थापन प्रणाली शैक्षिक सूचना व्यवस्थापन प्रणाली तथा आर्थिक सूचना व्यवस्थापन प्रणालीहरुबाट उपलब्ध सूचनाहरुको आधारमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता विश्लेषण गरी कार्यक्रमहरुमा उचित सुधार ल्याउन उपलब्धिको समीक्षा गर्ने गराउने

. सरकारी तथा गैरसरकारी संस्था एवम् तालिम प्रदायक संस्थाहरुसँग समन्वय, साझेदारी सहकार्यमा शैक्षिक गुणस्तर सुधार सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन ति कार्यहरुको आवधिक समीक्षा सम्बन्धित कार्यहरु गर्ने

१०. विद्यालय शिक्षामा पहुँच निरन्तरता अभिवृद्धिका लागि छात्रवृत्ति, दिवाखाजा लगायत प्रोत्साहनमूलक कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा समीक्षासँग सम्बन्धित कार्यहरु गर्ने

११. विद्यालयमा हुने विपद जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालयका लागि कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने

१२. केन्द्रका सबै शाखाहरुलाई ति शाखासँग सम्वन्धित तोकिएको आर्थिक बर्षको निम्ति सम्पादन गरिएका काम कारबाहीहरु झल्किने गरी लक्ष्य एवम् प्रगति सहितको वार्षिक कार्य योजना आवधिक तथा वार्षिक स्थिति प्रतिवेदन पेश गर्न लगाइ त्यसलाई एकीकृत गर्ने

१३. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

प्रारम्भिक बालविकास शाखा

. प्रारम्भिक बालविकास कार्यक्रम संचालन सम्बन्धी रणनीति, मापदण्ड तथा बार्षिक राष्ट्रिय कार्यक्रम तर्जुमा सम्वन्धी कार्यहरु गर्ने

. प्रारम्भिक बालविकास शिक्षा एवं स्वास्थ्य जस्ता अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा अन्तरनिकाय समन्वयसम्बन्धी कार्यहरु गर्ने

. विद्यालयमा दिइने दिवाखाजा लगायत विद्यालय स्वास्थ्य तथा पोषण सम्वन्धी आधारहरु तथा मादण्डको तर्जुमा सम्वन्धी कार्यहरु गर्ने

. प्रारम्भिक बाल शिक्षा विद्यालय स्वास्थ्य तथा पोषण खानेपानी सरसफाइ सम्वन्धी काम गर्ने गैह्रसरकारी संस्थाका कामहरुमा समन्वय, सहजीकरण तथा नियमन सम्वन्धी कार्यहरु गर्ने

. प्रारम्भिक बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको राष्ट्रिय योग्यता तथा मापदण्ड एवं छनौटसम्बन्धी सहजिकरणका कार्यहरु गर्ने

. बालअधिकारको कार्यान्वयनका लागि समन्वय साझेदारीसम्बन्धी कार्यहरु गर्ने

. बालविकास केन्द्रहरुको पूर्वाधार विकाससम्बन्धी तोकिएका कार्यहरु गर्ने

. समावेशीता, अपाङ्गता, सांकेतिक भाषा, सूचना प्रविधि लगायतका विषयक्षेत्रमा तोकिएका प्रारम्भिक बाल विकाससँग सम्वन्धित कार्यहरु गर्ने

. प्रारम्भिक बालविकासका क्षेत्रमा कार्यरत राष्ट्रिय संस्थाहरुका कार्यक्रमहरुबीच समन्वय गर्ने

१०. प्रारम्भिक बालविकास शिक्षाका क्षेत्रमा तोकिएका अन्य कार्यहरु गर्ने

११. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा

. प्रारम्भिक बाल शिक्षा, अनिवार्य आधारभूत तथा माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् वैकल्पिक शिक्षा ९गुरुकुलरआश्रम, गुम्बारविहार मदरसा को नीति, मापदण्ड, योजना तथा कार्यक्रम तर्जुमा कार्यान्वयनमा सहजीकरण गर्ने

. गुणस्तरीय शिक्षाको मापदण्ड निर्धारण, साझेदारी कार्यक्रम विकास, कार्य निर्देशन योजना तयारी तथा कार्यान्वयनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने

. सामुदायिक संस्थागत विद्यालय लगायतका शिक्षण संस्थाको स्थापना सञ्चालनको न्यूनतम राष्ट्रिय मापदण्ड निर्धारण सोको कार्यान्वयन सम्बन्धी काममा आवश्यक सहजीकरण गर्ने

. विद्यालयहरुमा पाठ्यपुस्तक, शिक्षण निर्देशन पुस्तिका, शिक्षक निर्देशिका, पुस्तकालय अन्य आवश्यक शैक्षिक तथा शैक्षणिक सामग्रीहरु समयमै पुर्याउन सम्बन्धित निकायहरुसँग समन्वय सहजीकरण गर्ने

. बालमैत्री विद्यालय मापदण्ड निर्धारण गुणस्तरीय शिक्षाको पहूँच विद्यालय वाहिर रहेका वालवालिका बिशेषतः लक्षित वर्गसम्म पुर्याउने कार्यका लागि आवश्यक नीति, रणनीति तर्जुमामा सहजीकरण समन्वय गर्ने

. अतिरिक्तरसहक्रियाकलाप तथा शैक्षिक पर्यटनसम्बन्धी विभिन्न नमूना कार्यक्रम तर्जुमा सञ्चालनमा सहजीकरण गर्ने

. राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र एवम् विद्यालय शिक्षा सम्बद्ध संस्थाहरुबीच समन्वय सहजीकरणसम्बन्धी कार्यहरु गर्ने

. नमूना विद्यालय विकास, व्यवस्थापन एवम् सञ्चालनमा समन्वय सहजीकरणसम्बन्धी कार्य गर्ने

. नमूना विद्यालय विकास, व्यवस्थापन एवम् सञ्चालनमा समन्वय तथा सहजीकरण गर्ने गराउने

१०. विद्यालय शिक्षाको नमूना परीक्षण कार्यक्रमहरु सञ्चालन गर्ने प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका नीति तथा कार्यनीति तर्जुमा गर्ने

११. प्रदेश स्थानीय स्तरबाट माग भए बमोजिम आवश्यक प्राविधिक सहयोग, सहजीकरण एवम् समन्वय सम्वन्धी कामहरु गर्ने

१२. विद्यालय शिक्षाका लागि भौतिक सुविधासहितको न्यूनतम सिकाइ अवस्थाको योजना निर्माण तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा सहजीकरण गर्ने

१३. विभिन्न भौगोलिक क्षेत्रका लागि विद्यालय भवन तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि बैकल्पिक डिजाइनहरु तयार गर्ने

१४. विद्यालयमा हुने विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालय नीति तथा एकीकृत विद्यालय सुरक्षा कार्यक्रम सम्बन्धी नमूना कार्यक्रमहरुको विकास तथा कार्यान्वयन गर्ने

१५. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

शिक्षण व्यवस्थापन समन्वय शाखा

. मन्त्रालयबाट हालसम्म वितरण भएका विद्यालय शिक्षाका तहगत स्वीकृत शिक्षक दरवन्दी शिक्षक अनुदान कोटाको प्रदेशगत स्थानीय तहगत विवरण तयार गरी अभिलेख व्यवस्थापन गर्ने यसलाई समय समयमा अध्याविधक गर्ने

. शिक्षक व्यवस्थापन तथा विकासका लागि मापदण्ड तर्जुमामा सहजिकरण गर्ने

. शिक्षक तथा शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको सेवा सर्त योग्यताको नीति मापदण्ड निर्धारणसम्बन्धी कार्यहरु गर्ने

. स्थानीय निकायहरूबाट शिक्षक पद रिक्त रहेको जानकारी प्राप्त भए पछि विषयगत शिक्षकको उपलब्धता प्रयाप्तताको समेत लेखाजोखा गरी स्थायी विज्ञापनको लागि शिक्षक सेवा आयोग वा तोकिएको निकायलाई लेखि पठाउने

. शिक्षक विद्यार्थी अनुपात विद्यालयमा पठनपाठन हुने विषय समेतका आधारमा शिक्षक दरबन्दीको राष्ट्रिय तहमा मिलान तथा पुनःवितरणसम्बन्धी कार्य गर्ने

. प्रचलित शिक्षा ऐन, नियम तथा निर्देशिकामा व्यवस्था भए अनुसार शिक्षक दरवन्दी विषयगत शिक्षक दरबन्दी मिलान गर्नेरगराउने कार्यमा प्रदेश तथा स्थानीय तहलाई आवश्यकता मागका आधारमा सहजीकरण गर्न व्यवस्था मिलाउने

. शिक्षकहरूको वृत्ति विकास, बिदा, अवकाश, काज, सरुवा, बैंक मार्फत तलब भत्ताभुक्तानीको व्यवस्था, पुरस्कार दण्डलगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाका कार्यहरुमा सहयोग गर्ने

. सामुदायिक विद्यालयका कर्मचारीहरूको नियुक्ति तथा तोकिएको सेवाका सर्त सुविधा व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने

. स्रोतब्यक्तिहरुको छनौट, नियुक्ति तथा तोकिएको सेवाका सर्त सुविधा व्यवस्थापन सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने

१०. विद्यालय क्षेत्र विकास कार्यक्रम वा यस्तै प्रकारका राष्ट्रिय प्राथमिकता प्राप्त योजना तथा कार्यक्रमको अवधारणा अनुसार शिक्षकको दरबन्दी संरचना तर्जुमा भई आएमा औचित्यका आधारमा स्वीकृतिका लागि पेस गर्ने

११. विद्यालयमा प्रधानाध्यापक नियुक्ति सेवाको शर्त सुविधा, अध्यापन अनुमति पत्र, शैक्षिक योग्यता, शिक्षक परिचय पत्र,पोशाक सम्बन्धमा तर्जुमा गरिएको नीतिको कार्यन्वयनमा एकरुपता ल्याउन सहजीकरण तथा समन्वय गर्ने

१२. शिक्षकको बैदेशिक मनोनयन, अध्ययन, भ्रमण तथा तालिमका लागि सिफारिस सम्बन्धी कार्यहरु गर्ने

१३. शिक्षकका पेशागत संघ संगठनहरूको आचारसंहिता तर्जुमा कार्यान्वयन सम्बन्धी कार्य गर्ने,गराउने

१४. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

शैक्षिक सूचना व्यवस्थापन शाखा

. शिक्षासंग सम्वन्धित शैक्षिक सूचना व्यवस्थापन सम्वन्धमा नीति योजना तथा कार्यक्रम कार्ययोजना तयार गरी पेश गर्ने

. सवै शैक्षिक विषयका तथ्याङ्क एवम् सूचनाहरुलाई व्यवस्थापन गरी एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (Integrated Educational Management Information System-IEMIS) को विकास कार्यान्वयन गर्ने

. प्रदेश स्थानिय तहमा सवै शैक्षिक विषयका तथ्याङ्क एबम् सूचनाहरुलाई एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा व्यवस्थापन गरी कार्यान्यन गर्न राष्ट्रिय ढाँचा National structure तयार गर्ने सो का लागि आवश्यक समन्वय गर्ने

. विद्यालय शिक्षा सम्बन्धी विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय मञ्चमा उपलब्ध गराउनुपर्ने नियमित सूचकगत प्रतिवेदनहरु तयारी गर्ने

. शिक्षासंग सम्वन्धित गुणस्तरीय शैक्षिक सूचना व्यवस्थापन प्रणालीका लागि आवश्यकताका आधारमा विभिन्न परीक्षण गर्ने, गराउने

. शैक्षिक सूचना विकाससम्वन्धी अन्य सरकारी, गैरसरकारी अन्तराष्ट्रिय संघसंस्थासंग समन्वयका साथै प्राविधिक परामर्श सेवा लिने

. सवै तह प्रकारका विद्यालयहरु एबम् संस्थाहरूसंग सम्वन्धित सूचनाहरूको सङ्कलन गर्न विविध शैक्षिक फाराम तथा बिधिहरूको विकास, परिमार्जन सोको वारेमा प्रदेश स्थानियतहलाई प्रवोधीकरण वितरणको व्यवस्था मिलाउने साथै सम्वन्धित सूचनाहरूको सङ्कलन व्यवस्थापन गर्ने अद्यवधिक अभिलेख तयार गर्ने गराउने

. सवै तहका विद्यालय, शिक्षक तथा विद्यार्थीहरुको संकेत सहित विस्तृत बैयक्तिक अभिलेख (विद्यार्थीको प्रवाह प्रगती लगायत सवै विवरण, शिक्षकको नियुक्ति, योग्यता, तालिम लगायत सवै विवरण) तयार गर्ने अद्यावधिकरण गर्ने

. विद्यालयतह निरन्तर शिक्षाको शैक्षिक ब्यबस्थापन सूचना प्रणालीको लागि आवश्यक पर्ने सफ्टवेयरको विकास कार्यान्वयन सम्वन्धी कार्यहरु गर्ने

१०. आवधिक शैक्षिक प्रतिवेदन (Flash I&II reports, Consolidated Reports) तयारी, प्रकाशन, प्रस्तुतीकरण, व्यवस्थापन गर्ने यस्ता प्रतिवेदनहरु सम्वन्धित निकायहरु (मन्त्रालय, दातृ निकाय अन्य तोकिएका निकायहरु) मा पेश गर्नुका साथै सरोकारवालहरुका लागि सूचनाको सहज उपलव्धताको व्यवस्था मिलाउने

११. शैक्षिक ब्यबस्थापन सूचना प्रणाली सम्वन्धी प्रदेश तथा स्थानियतहका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धिसम्वन्धी कार्यशाला सञ्चालन गर्ने, गराउने

१२. शैक्षिक सूचकाङ्कहरूको प्रभावकारीताको विश्लेषण गर्ने

१३. विद्यालयरसमुदाय तह देखि राष्ट्रिय तहसम्मका शैक्षिक गन्तव्य सूचकहरु (Educational Indicators and Benchmarks) को विकास गर्ने

१४. व्यवस्थित तथ्याङ्क एबम् सूचनाहरूका आधारमा केन्द्र लगायत अन्य कार्यालयहरुका योजना निर्माण अन्य कार्यहरुका लागि सहजीकरण गर्ने

१५. विद्यालय नक्शाङ्कनको कार्य सोसम्वन्धी सूचनाको व्यवस्थापन गर्ने ,गराउने

१६. विद्यालय देखि केन्द्रसम्मको नेटवर्किङ (Networking) स्थापना तथा वेभमा आधारित शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Web based EMIS) विकास सम्वन्धी कार्यहरु गर्ने

१७. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने

शासकिय सुधार शाखा

. केन्द्र अन्तर्गतका निकायहरूमा भए गरेका अनियमित कार्यहरूका सम्बन्धमा परेका उजुरीहरूको सुनुवाइ कारवाही किनारा सम्वन्धी कार्यहरु गर्ने

. मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग राष्ट्रिय सतर्कता केन्द्र यस्तै प्रकृतिका निकाय मार्फत् प्राप्त निर्देशन उक्त संस्थाहरूबाट आएका उजुरीमाथि आवश्यक छानवीन गर्ने गराउने राय सहितको प्रतिवेदन सम्बन्धित निकायमा लेखी पठाउनेसम्बन्धी कार्यहरु गर्ने

. पदीय दायित्व पूरा नगर्ने गैरआचरणको काम गरी अख्तियार दुरूपयोग गर्ने केन्द्र अन्तर्गतका कर्मचारीलाई प्रचलित कानूनबमोजिम लोकसेवा आयोगको राय परामर्श लिई विभागीय कारबाही गर्ने गराउने सम्बन्धमा सम्बन्धित महाशाखाको राय सहित अग्रिम कारवाहीका लागि प्रशासन महाशाखामा पठाउनेसम्बन्धी कार्यहरु गर्ने

. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र त्यस्तै अन्य निकायसंग सम्बन्धित तोकिएका कार्यहरु गर्ने

. अनियमतिता वा भ्रष्टाचारका उजुरीका सम्बन्धमा गठित छानबीन समिति वा आयोगहरूमा आवश्यकतानुसार प्रतिनिधित्व गर्ने सो कार्यमा सक्रिय सहभागिता सम्बन्धी कार्यहरु गर्ने

. सुशासनका लागि पारदर्शिता, जवादफदेहिता, अनुशासन, कायम राख्न विशेष पहल गर्ने, गराउनेसम्बन्धी कार्यहरु गर्ने

. शसकीय सुधार तथा सुशासन सम्वन्धी कार्ययोजना बमोजिम काम गरी यसको नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने कार्यहरु गर्ने

. केन्द्र अन्तर्गतका हरेक निकायबाट प्रवाह हुने सेवामा प्रभावकारिता ल्याई सेवाग्राहीको सन्तुष्टीको स्तर उकास्न विशेष पहल गराउने कार्यहरु गर्ने

. भ्रष्टाचार निवारण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसारको कार्य योजना बनाई कार्यान्वयन गराउने सम्बन्धी कार्यहरु गर्ने

१०. भ्रष्टाचार निवारणसम्बन्धी स्वीकृत कार्य योजनाको कार्यन्वयन सम्वन्धीे कार्यहरु गर्ने

११. अख्तियारको दुरुपयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी कार्यमा केन्द्रको सम्पर्क विन्दु (Focal Point) को रूपमा कार्य गर्ने

१२. केन्द्र मातहतका निकाय, कार्यालयसंग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्नेसम्बन्धी कार्यका साथै सार्वजनिक सुनुवाइसम्बन्धी कार्य गर्ने

१३. मन्त्रालय मातहतका निकाय, कार्यालयहरूको आवधिक निरीक्षण गरी सुशासनका क्रममा देखिएका सबल पक्षहरूको लागि प्रोत्साहन गर्दै सुधार गर्नु पर्ने पक्षका सम्बन्धमा आवश्यक पृष्ठपोषण दिने सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नेसम्बन्धी कार्यहरु गर्ने

१४. अनलाइन अन्य माध्यमबाट आएका जनगुनासो तथा उजुरीको सम्बन्धमा सम्बन्धित व्यक्ति वा संस्थालाई बुझी समयै तिनको फछ्र्यौट गरी अभिलेख राख्ने कार्यहरु गर्ने

१५. जनगुनासो एवम् उजुरी व्यवस्थापनको क्षेत्रमा प्रभावकारिता अभिवृद्धिको लागि केन्द्रको सम्बन्धित शाखा, महाशाखासंग समन्वय गर्दै अल्पकालीन, मध्यकालीन दीर्घकालीन योजना, नीति कार्यक्रमहरू तर्जुमा गरी पेश गर्ने

१६. जनगुनासो सुनुवाई नागरिक बडापत्रको कार्यान्वयन स्थिति तथा मातहतका निकायहरुकोे काम कारवाही भौतिक सुविधा, जनशक्तिबारे निरीक्षण अनुगमन गर्ने गराउनेसम्बन्धी कार्य गर्ने अधिकृत कर्मचारीसम्बन्धी गोप्य प्रतिवेदनहरू जिम्मा लिई राख्नेसम्बन्धी कार्यहरु गर्ने

१७. केन्द्र मातहतका निकाय, कार्यालयसंग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्ने कार्यहरु

१८. सम्बन्धित निकायहरूका सेवाप्रवाहमा प्रवाभकारिता ल्याउन मार्गदर्शन तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, गराउने व्यवस्था मिलाउने

१९. सार्वजनिक सेवामा पारदर्शिता जवाफदेहिता कायम गर्न, गराउन ऐन नियम, विनियम, निर्देशिका लगायतले निर्देश गरे वमोजिम कार्यान्वयन गर्ने, गराउने व्यवस्था मिलाउने

२०. विभिन्न निकायहरूमा परेका उजुरीका विषयमा सूचना संकलन तथा आवश्यकता अनुसार छानवीन गरी जवाफ पठाउन लगाउने

२१. अदालतमा परेका विभिन्न मुद्दाहरूको जवाफ पठाउने

२२. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने