वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व त्रयोदशी - १३
१६ पुष, २०८२
शिक्षकको विवरण अद्यावधिक गर्ने सम्बन्धमा ।
श्री स्थानीय तह सबै,
श्री विद्यालयहरू सबै,
प्रस्तुत विषयमा मिति २०८२ साल पुष १५ गतेसम्म EMIS प्रणालीमा विद्यालयहरूले अद्यावधिक गरेको शिक्षकको विवरण यसैसाथ संलग्न गरिएको छ(विवरण प्राप्त गर्न यहाँ थिच्नुहोस् शिक्षकहरूको विवरण)। सबै विद्यालयहरूले आ-आफ्नो विद्यालयको विवरण हेरी नमिलेको र छुटेको भएमा अद्यावधिक गर्नु हुन र सबै स्थानीय तहहरूले आ-आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयको शिक्षकको विवरण सत्यापन तथा रूजु गरी विद्यालयहरूलाई अद्यावधिक गर्न लगाउनु हुन निर्देशानुसा अनुरोध छ ।
शिक्षक र कर्मचारीको विवरण अद्यावधिक गर्दा ध्यान दिनु पर्नेकुराहरुः
१. सर्वप्रथम विद्यालयमा भएका सबै शिक्षक कर्मचारीको सूची तयार गर्ने।
२. सूचीमा भएका सबै शिक्षकहरुको आधारभुत विवरण (Basic Information Tab) मा रहेका सबै Field हरू अनिवार्यरुपमा भर्ने । यसरी विवरण भर्दा कुनैपनी विवरण नछाड्ने। केही विद्यालयहरुले* लगाएका Field मा मात्र ध्यान दिँदा अरू विवरण छुटेको हुनाले यस पटक सबै विवरण नभर्दा सम्म तलबभत्तामा शिक्षकको नाम नदेखाउने हुदा विशेष ध्यान दिने ।
३. त्यसपछी विद्यालय मात्र छनोट गरी (अरु छनोट नगरी) लोड गर्ने । लोड गरेपछी Action भित्रको Menu मा Edit Click गर्ने त्यसपछी Qualification, Experience र Training का सबै Field अनिवार्य रुपमा भर्दै जाने।
४. Qualification भर्दा तल्लो शैक्षिक उपाधिबाट माथिल्लो उपाधि सबै भर्दै जाने । (जस्तो: कुनै शिक्षक/कर्मचारीले स्नातकसम्म अध्ययन गरेको भए सर्वप्रथम SLC, +२/Intermediate र Bachelor भर्नु पर्छ) यसमा भएका सबै फिल्डहरू अनिवार्यरुपमा भर्ने।
५. Experience भर्दा कुनै शिक्षक/कर्मचारीले जुन जुन पदमा काम गरेको छ शुरू देखि हालसम्मको क्रममा भर्ने र हाल कार्यरत पदमा मात्र Yes गर्ने ।
६. Training Tab मा विवरण भर्दा जुन जुन शिक्षक/कर्मचारीले सेवाकालिन तालिम वा अन्य तालिम लिएको भएमा मात्र भर्ने ।
७. यसरी शिक्षकको सबै विवरण भरेपछी मात्र तलबभत्ताको मेनुमा शिक्षक/कर्मचारीहरूको नाम देखाउछ । (यदी विद्यालयमा २० जना शिक्षक/कर्मचारीको रहेका छन् भने १९ जना शिक्षकको विवरण पुर्ण छ तर १ जना शिक्षकको कुनै एक ठाउँको विवरण नभरेको भएमा कुनै पनी शिक्षक/कर्मचारीहरूको नाम देखाउदैन ।) Teacher Report मा समेत देखाउँदैन ।
८. शिक्षकको विवरण सबै भरेको तर Salary Setup मा देखाएन भने कुन कुन शिक्षकको विवरण पुर्ण छैन भन्ने हेर्न Request Form को Salary Request Form मा गई लोड गर्नुहोला तहाँ "सम्पूर्ण विवरण पूरा नभरेका शिक्षकहरूको नामहरू निम्नानुसार छन्:" भनेर सूचना संगै शिक्षक कर्मचारीको सूची आउँछ। उक्त सूचीमा भएका शिक्षक कर्मचारीको विवरण पुर्ण अद्यावधिक गर्ने।
९. विद्यालयले School Profile को Basic Profile मा भरेको शिक्षक दरबन्दीको विवरणको सत्यपन गर्ने।
१०. Teacher Report को Teacher Information Report मा गई Teacher Rank, Appointment Status, Teacher Level र Teacher Rank अनुसार शिक्षकहरुको विवरण मिले नमिलेको एकिन गर्ने।
११. यसरी भर्दा कुनै समस्या भएमा स्थानीय तहको शिक्षा शाखामा सम्पर्क गर्ने । स्थानीय तहले समस्या सामाधान गर्न नसकेमा IEMIS Section को Support Number १-६६३८७०४, ९७०९०८९७०२ र ईमेल iemis@cehrd.gov.np मा सम्पर्क गर्नुहुन।