वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व द्वादशी - १२
२६ फागुन, २०८१
मिति २०८१ फागुन २६
श्री शिक्षा विकास तथा समन्वय इकाइ
सबै जिल्लाहरु ।
विषय : इकाइको वेभसाइट सम्बन्धी सूचना ।
यस केन्द्रबाट एकिकृत वेभसाईट प्रणालीमा दर्ता गर्न सूचना प्रकाशित गरी तोकिएको अवधिभित्र गुगल फाराम भरी वेभसाइटको लागि अनुरोध गरिएकोमा उक्त अविधमा फाराम भरी पठाउने इकाइहरुको वेभसाइट दर्ताको प्रकृया सूचना प्रविधि विभागबाट भैरहेको हुँदा दर्ता भई सकेका कार्यालयहरुको प्रणाली व्यवस्थापकको इमेलमा एकिकृत वेभसाइट प्रणालीबाट इमेल आइसक्नुपर्ने (Check Inbox or spam)भएकोले , उक्त इमेलमा उल्लेख गरे अनुसार युजरनेम र पासवर्ड बनाउनहुन अनुरोध छ ।
युजरनेम र पासवर्ड बनाउन तपाईको मोवाइलमा Google Authenticator एप्स डाउनलोड गरी प्रत्येक पटक लगईन गर्न OTP राख्नु पर्ने हुन्छ ।
वेसाइटमा कार्यालयको विवरण भर्ने तरीका प्रयोगकर्ता पुस्तिका हेरेर सिक्न सकिन्छ । यस सम्बन्धमा सबै कार्यालय दर्ता भैसकेपछि केन्द्रबाट भर्चुल माध्यमबाट फागुन २८ गते साँझ ६ बजे अभिमुखीकरण समेत गरिने जानकारीको लागि अनुरोध छ । साथै वेभसाईटमा सामग्री भैसकेपछि मात्रै कार्यालयको वेभसाईटको Domain (जस्तै banke.edcu.gov.np ) को लागि एकिकृत डाटा व्यवस्थापन केन्द्रबाट IP Mapping गरिने हुँदा सो कार्य नभएसम्म सूचना प्रविधि विभागबाट पठाइएको लिंकबाट वेभसाईट खोलिने जानकारी गराउँदछु ।
अनलाईन अभिमुखीकरण गुगल लिंक : https://meet.google.com/qse-dfaa-fwr
दर्ता प्रकृया गएका कार्यालयहरुको विवरण :कार्यालयको सूची
अन्य कार्यालयहरुले सूचना प्रविधि विभागमा आफैले पत्राचार गर्न सक्नुहुने जानकारीको लागि अनुरोध छ ।
अमोद उलक
सूचना प्रविधि तथा पुस्तकालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।