नेपाली English Fri, Mar 29, 2024   |   |

शैक्षिक सूचना व्यवस्थापन शाखा

यस शाखाको कार्यविवरण :

१.    शिक्षासंग सम्वन्धित शैक्षिक सूचना व्यवस्थापन सम्वन्धमा नीति योजना तथा कार्यक्रम र कार्ययोजना  तयार गरी पेश गर्ने ।
२.    सवै शैक्षिक विषयका तथ्याङ्क एवम् सूचनाहरुलाई व्यवस्थापन गरी एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (Integrated Educational Management Information System-IEMIS) को विकास र कार्यान्वयन  गर्ने ।
३.    प्रदेश र स्थानिय तहमा सवै शैक्षिक विषयका तथ्याङ्क  एबम्  सूचनाहरुलाई एकिकृत शैक्षिक सूचना  व्यवस्थापन  प्रणालीमा  व्यवस्थापन गरी कार्यान्यन गर्न राष्ट्रिय ढाँचा National structure तयार  गर्ने  र  सो का लागि  आवश्यक समन्वय  गर्ने ।
४.    विद्यालय शिक्षा सम्बन्धी विश्वव्यापी अनुगमन प्रतिवेदन लगायत अन्तराष्ट्रिय मञ्चमा उपलब्ध गराउनुपर्ने नियमित सूचकगत प्रतिवेदनहरु तयारी गर्ने ।
५.    शिक्षासंग सम्वन्धित गुणस्तरीय शैक्षिक सूचना व्यवस्थापन प्रणालीका लागि आवश्यकताका आधारमा विभिन्न परीक्षण गर्ने, गराउने ।
६.    शैक्षिक सूचना विकाससम्वन्धी अन्य सरकारी, गैरसरकारी र अन्तराष्ट्रिय संघसंस्थासंग समन्वयका साथै प्राविधिक परामर्श सेवा लिने ।
७.    सवै तह र प्रकारका विद्यालयहरु एबम् संस्थाहरूसंग सम्वन्धित सूचनाहरूको सङ्कलन गर्न विविध शैक्षिक फाराम तथा बिधिहरूको विकास, परिमार्जन र सोको वारेमा प्रदेश र स्थानियतहलाई प्रवोधीकरण र वितरणको व्यवस्था मिलाउने साथै सम्वन्धित सूचनाहरूको सङ्कलन र व्यवस्थापन गर्ने र अद्यवधिक अभिलेख तयार गर्ने गराउने । 
८.    सवै तहका विद्यालय, शिक्षक तथा विद्यार्थीहरुको संकेत सहित  विस्तृत  बैयक्तिक अभिलेख (विद्यार्थीको प्रवाह र प्रगती लगायत सवै विवरण, शिक्षकको नियुक्ति, योग्यता, तालिम लगायत सवै विवरण) तयार गर्ने र अद्यावधिकरण  गर्ने ।
९.    विद्यालयतह र निरन्तर शिक्षाको शैक्षिक ब्यबस्थापन सूचना प्रणालीको लागि आवश्यक पर्ने सफ्टवेयरको विकास र कार्यान्वयन सम्वन्धी कार्यहरु गर्ने ।
१०.    आवधिक शैक्षिक प्रतिवेदन (Flash I&II reports, Consolidated Reports) तयारी, प्रकाशन, प्रस्तुतीकरण, व्यवस्थापन गर्ने । यस्ता प्रतिवेदनहरु सम्वन्धित निकायहरु (मन्त्रालय, दातृ निकाय र अन्य तोकिएका निकायहरु) मा पेश गर्नुका साथै सरोकारवालहरुका लागि सूचनाको सहज उपलव्धताको व्यवस्था मिलाउने ।
११.     शैक्षिक ब्यबस्थापन सूचना प्रणाली सम्वन्धी  प्रदेश तथा स्थानियतहका कर्मचारीहरूका लागि क्षमता अभिवृद्धिसम्वन्धी कार्यशाला सञ्चालन गर्ने, गराउने । 
१२.    शैक्षिक सूचकाङ्कहरूको प्रभावकारीताको विश्लेषण गर्ने ।
१३.    विद्यालयरसमुदाय तह देखि राष्ट्रिय तहसम्मका शैक्षिक गन्तव्य सूचकहरु (Educational Indicators and Benchmarks) को विकास गर्ने ।
१४.    व्यवस्थित तथ्याङ्क एबम् सूचनाहरूका आधारमा केन्द्र लगायत अन्य कार्यालयहरुका योजना निर्माण र अन्य कार्यहरुका लागि सहजीकरण  गर्ने ।
१५.    विद्यालय नक्शाङ्कनको कार्य र सोसम्वन्धी सूचनाको व्यवस्थापन गर्ने ,गराउने ।
१६.    विद्यालय देखि केन्द्रसम्मको नेटवर्किङ (Networking) स्थापना तथा वेभमा आधारित शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Web based EMIS)  विकास सम्वन्धी कार्यहरु गर्ने ।
१७.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।