नेपाली English Fri, Mar 29, 2024   |   |

सूचना प्रविधि तथा पुस्तकालय शाखा

यस शाखाको कार्यविवरण :

१.    विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोग सम्बन्धी कार्य ढाँचा तथा निर्देशिकाहरु तयारी गरी पेश गर्ने ।
२.    केन्द्रको पुस्ताकालयको ब्यबस्थापन, सन्चालन र संरक्षण सम्वन्धी कार्यहरु गर्ने । 
३.    केन्द्रको स्थापित पुस्तकालयको संरक्षण सम्वर्दन विकास र प्रयोग सम्वन्धी योजना तथा कार्यक्रम वनाइ पेश गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने । 
४.    इ पुस्तकालयको विकास र सन्चालन सम्वन्धी कार्यहरु गर्ने । 
५.    सामुदायिक पुस्तकालय तथा विद्यालयका पुस्तकालयहरुको स्थापना, सन्चालन,  व्यवस्थापन तथा नियमनका विषयमा मापदण्डहरु वनाइ पेश गर्ने । 
६    अन्तर क्रियात्मक डिजिटल सिकाइ सामग्री तथा पाठ्यसामग्री विकास तथा 
प्रवोधीकरण सम्वन्धी कार्य गर्ने  ।
७.    डिजिटल तथा अनलाइन सम्बन्धी पुस्तकालयको नीति निर्माण गर्न सुझाव पेश गर्ने ।
८.    केन्द्रले गरेका कार्यहरुको डकुमेन्टेशन तथा अभिलेखालय सम्वन्धी कामहरु गर्ने । 
९.    सूचना प्रविधि र पुस्तकालय सँग सम्वन्धित अन्य सरकारी तथा गैह्र सरकारी निकायसँग समन्वय गरी आवश्यक सूचना संकलन र प्रयोग गर्ने कार्यहरु गर्ने । 
१०.    सूचनाहरुलाई विद्युतीय माध्यमवाट सम्प्रेषण गराउने कार्यहरु गर्ने । 
११.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।