नेपाली English Thu, Mar 28, 2024   |   |

अनुसन्धान तथा गुणस्तर सुधार शाखा

यस शाखाको कार्यविवरण :

१.    शैक्षिक अनुसन्धानको क्षेत्र पहिचान गर्ने तथा यस सम्बन्धी नीति निर्धारणमा सहयोग 
पुर्‍याउने ।
२.    शिक्षक तथा व्यवस्थापन तालिमको प्रभावकारिता अध्ययन योजना तथा कार्यक्रम कार्यान्वय नगर्नेरगराउने ।
३.    शैक्षिक अनुसन्धानात्मक लेख तथा रचनाहरु प्रकाशनको योजना कार्यान्वयन गर्नेरगराउने ।
४.    अनुसन्धानमा आधारित भइ शैक्षिक नीति निर्माणका लागि सुझाव पेस गर्ने ।
५.    गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाकालागि मापदण्ड निर्धारण गर्ने ।
६.    गुणस्तरीय शिक्षाका लागि भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अनुसन्धानको संकलन, विश्लेषणगरी नेपालको परिप्रेक्षमा त्यसका उपयोगी अवधारणाहरुको प्रयोगको सम्भाव्यता अध्ययन गर्नेगराउने ।
७.    शिक्षक तालिम र शैक्षिक व्यवस्थापन तालिम कार्यक्रम सञ्चालन सम्वन्धी विषयमा शैक्षिक अनुसन्धान मार्फत शैक्षिक नीति निर्धारण गर्न सुझाव पेश गर्ने ।
८.    मानव संशाधन तथा कर्मचारी व्यवस्थापनको गुणात्मक विकासका लागि अध्ययन, अनुसन्धान तथा आवश्यकता पहिचान गर्ने विषयमा समन्वयकारी भूमिका निर्वाह गर्ने
९.    केन्द्रवाट सम्पादन हुने सामग्री विकास, प्रशिक्षक प्रशिक्षण, तालिम मूल्याङ्कन तथा अनुसन्धान जस्ता विषयमा र संघ, प्रदेश तथा स्थानीय तहमा रहेका तालिम प्रदायक संस्थावाट दिइने क्षमता विकासका कार्यक्रमहरुमा गुणस्तर कायम राख्न गुणस्तर सुनिश्चितता स्कीम (Quality Assurence Scheme) को विकास कार्यान्वयन र परिमार्जन सम्वन्धी कार्यहरु गर्ने । 
१०.    कार्यालयबाट प्रकाशन, विकास र छपाई हुने सामग्रीको साइज, गुणस्तर र डिजाइन निर्धारण गर्ने ।
११.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।