नेपाली English Thu, Mar 28, 2024   |   |

शैक्षिक व्यवस्थापन तालिम शाखा

यस शाखाको कार्यविवरण :

१.    शिक्षा प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा, मापदण्ड विकास तथा प्रमाणीकरण सम्बन्धी कार्य गर्ने ।
२.    शिक्षा प्रशासनमा कार्यरत कर्मचारीको सेवाकालीन तालिम तथा निरन्तर पेशागत विकास तालिमको लागि पाठ्यक्रमको ढाँचा निर्माण एवम् स्वीकृति, कोर्स तथा स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्बन्धी कार्य गर्ने ।
३.    प्रदेश अन्तरगतका शैक्षिक तालिम कार्यक्रम तथा निकायहरुको सम्वन्धन, प्राविधिक सहयोग, समन्वय, अनुगमन तथा नियमन सम्वन्धी कार्य गर्ने । 
४.    शिक्षा क्षेत्रमा समुदायतह देखि केन्द्रतह सम्म संलग्न मानव संसाधनको कार्यदक्षता अभिबृद्धिका लागि तालिम आवश्यकताको पहिचान गर्ने ।
५.    शैक्षिक व्यवस्थापन तालिम पाठ्यक्रम, निर्देशिका तथा सामग्री विकास एवम परिमार्जनको कार्य गर्ने । 
६    प्रधानाध्यापकको पेशागत विकासकालागि विद्यालय व्यवस्थापन तालिमको पाठ्यक्रम तथा नमूना तालिम सामग्री विकास र प्रमुख प्रशिक्षक प्रशिक्षण कार्य सन्चालन गर्ने ।
७.    शिक्षा सेवाका अधिकृतहरूको पेशागत दक्षता अभिबृद्धिसम्बन्धी कार्यहरु गर्ने ।
८.    शिक्षा सेवाका रा.पं. प्रथम श्रेणीका अधिकृतहरूका लागि पेशागत क्षमता विकास सम्बन्धी कार्यहरु गर्ने ।
९.    शैक्षिक व्यवस्थापन तालिमको अनुगमन सम्बन्धी कार्यहरु गर्ने ।
१०.    शैक्षिक जनशक्तिको व्यावसायिक स्तर प्रवर्द्धन गर्ने सम्बन्धी योजना निर्माण र कार्यान्वय तथा सम्बन्धित निकायसँग समन्वय गर्ने ।
११.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।