नेपाली English Thu, Mar 28, 2024   |   |

समावेशी शिक्षा शाखा

यस शाखाको कार्यविवरण :

१.    समावेशिता, अपांगता, सांकेतिक भाषा, सूचना प्रविधि लगायतका विषयक्षेत्रमा तोकिएका कार्यहरु गर्ने ।
२.    समावेशी शिक्षा सम्बन्धी माग र आवश्यकताका आधारमा पहिचान भएका  कार्यहरु  गर्ने । 
३.    समावेशी शिक्षाको नीति, रणनीति विकास एवम् कार्यान्वयनमा सहजीकरण गर्ने तथा अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ एवम् व्यवस्थापनसँग सम्बन्धित विषयमा आवश्यकता अनुसार अध्ययन अनुसन्धान  गराउने ।
४.    अपाङ्गता भएका बालवालिकाका लागि विशेष प्रकृतिका विद्यालयबाट दिइने शिक्षासम्बन्धी कार्यहरुमा सहजिकरण गर्ने । 
५.    अपाङ्गता क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्र सरकारी संस्थाहरुसँगको सहकार्यमा गरिने कार्यक्रमहरुको तर्जुमा र कार्यान्वयनमा गरिनु पर्ने समन्वय सम्वन्धी कामहरु गर्ने ।
६.    विभिन्न किसिमका छात्रवृत्ति तथा लक्षित वर्गलाई दिइने प्रोत्साहन सम्वन्धी मापदण्ड निर्धारण र लक्षित वर्गसम्म सेवा पुर्‍याउने कार्यका लागि आवश्यक  नीति,  रणनीति तर्जुमामा सहजीकरण र समन्वय गर्ने ।
७.    सबै किसिमका शैक्षिक कार्यक्रमलाई लैङ्गिक मैत्री बनाउन र विद्यालयमा लैङ्गिक मैत्री वातावरण सिर्जनामा सहजीकरण सम्वन्धी कार्यहरु गर्ने  ।
८.    बहुकक्षा,बहुस्तररबहुभाषा तथा शिक्षाको माध्यम भाषा सम्बन्धी नीति, योजना निर्माण एवम् स्रोत व्यवस्थापनमा  सम्बन्धी सहजीकरण सम्वन्धी कार्यहरु  गर्ने ।
९.    मातृभाषामा शिक्षासम्बन्धी राष्ट्रिय स्तरका कार्यक्रमहरु तर्जुमा र कार्यान्वयसम्बन्धी कार्य 
गर्ने ।
१०.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।