नेपाली English Fri, Mar 29, 2024   |   |

शासकिय सुधार शाखा

यस शाखाको कार्यविवरण :

  1. केन्द्र र अन्तर्गतका निकायहरूमा भए गरेका अनियमित कार्यहरूका सम्बन्धमा परेका उजुरीहरूको सुनुवाइ कारवाही किनारा सम्वन्धी कार्यहरु गर्ने ।
  2. मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र र यस्तै प्रकृतिका निकाय मार्फत् प्राप्त निर्देशन र उक्त संस्थाहरूबाट आएका उजुरीमाथि आवश्यक छानवीन गर्ने गराउने र राय सहितको प्रतिवेदन सम्बन्धित निकायमा लेखी पठाउनेसम्बन्धी कार्यहरु गर्ने ।
  3. पदीय दायित्व पूरा नगर्ने र गैरआचरणको काम गरी अख्तियार दुरूपयोग गर्ने केन्द्र र अन्तर्गतका कर्मचारीलाई प्रचलित कानूनबमोजिम लोकसेवा आयोगको राय परामर्श लिई विभागीय कारबाही गर्ने गराउने सम्बन्धमा सम्बन्धित महाशाखाको राय सहित अग्रिम कारवाहीका लागि प्रशासन महाशाखामा पठाउनेसम्बन्धी कार्यहरु गर्ने ।
  4. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र र त्यस्तै अन्य निकायसंग सम्बन्धित तोकिएका कार्यहरु गर्ने । 
  5. अनियमतिता वा भ्रष्टाचारका उजुरीका सम्बन्धमा गठित छानबीन समिति वा आयोगहरूमा आवश्यकतानुसार प्रतिनिधित्व गर्ने र सो कार्यमा सक्रिय सहभागिता सम्बन्धी कार्यहरु गर्ने ।
  6. सुशासनका लागि पारदर्शिता, जवादफदेहिता, अनुशासन, कायम राख्न विशेष पहल गर्ने, गराउनेसम्बन्धी कार्यहरु गर्ने । 
  7. शसकीय सुधार तथा सुशासन सम्वन्धी कार्ययोजना बमोजिम काम गरी यसको नियमित प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने कार्यहरु गर्ने । 
  8. केन्द्र र अन्तर्गतका हरेक निकायबाट प्रवाह हुने सेवामा प्रभावकारिता ल्याई सेवाग्राहीको सन्तुष्टीको स्तर उकास्न विशेष पहल गराउने कार्यहरु गर्ने । 
  9. भ्रष्टाचार निवारण सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसारको कार्य योजना बनाई कार्यान्वयन गराउने सम्बन्धी कार्यहरु गर्ने ।
  10. भ्रष्टाचार निवारणसम्बन्धी स्वीकृत कार्य योजनाको कार्यन्वयन सम्वन्धीे कार्यहरु गर्ने ।
  11. अख्तियारको दुरुपयोग तथा भ्रष्टाचार निवारणसम्बन्धी कार्यमा केन्द्रको सम्पर्क विन्दु (Focal Point) को रूपमा कार्य गर्ने ।
  12. केन्द्र र मातहतका निकाय, कार्यालयसंग सम्बन्धित  जनगुनासो तथा उजुरी  सुन्ने र आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्नेसम्बन्धी कार्यका साथै सार्वजनिक सुनुवाइसम्बन्धी कार्य गर्ने  ।
  13. मन्त्रालय मातहतका निकाय, कार्यालयहरूको आवधिक निरीक्षण गरी सुशासनका क्रममा देखिएका सबल पक्षहरूको लागि प्रोत्साहन गर्दै सुधार गर्नु पर्ने पक्षका सम्बन्धमा आवश्यक पृष्ठपोषण दिने र सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्नेसम्बन्धी कार्यहरु गर्ने ।
  14. अनलाइन र अन्य माध्यमबाट आएका जनगुनासो तथा उजुरीको सम्बन्धमा सम्बन्धित  व्यक्ति वा संस्थालाई बुझी समयै तिनको फछ्र्यौट गरी अभिलेख राख्ने कार्यहरु गर्ने ।
  15. जनगुनासो एवम् उजुरी व्यवस्थापनको क्षेत्रमा प्रभावकारिता अभिवृद्धिको लागि केन्द्रको  सम्बन्धित शाखा, महाशाखासंग समन्वय गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, नीति र कार्यक्रमहरू तर्जुमा गरी पेश गर्ने ।
  16. जनगुनासो सुनुवाई र नागरिक बडापत्रको कार्यान्वयन स्थिति तथा मातहतका निकायहरुकोे काम कारवाही भौतिक सुविधा, जनशक्तिबारे निरीक्षण अनुगमन गर्ने गराउनेसम्बन्धी कार्य गर्ने र अधिकृत कर्मचारीसम्बन्धी गोप्य प्रतिवेदनहरू जिम्मा लिई राख्नेसम्बन्धी कार्यहरु गर्ने ।
  17. केन्द्र र मातहतका निकाय, कार्यालयसंग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र आवश्यकतानुसार आवश्यक सुधारहरूको थालनी गर्ने कार्यहरु । 
  18. सम्बन्धित निकायहरूका सेवाप्रवाहमा प्रवाभकारिता ल्याउन मार्गदर्शन तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, गराउने व्यवस्था मिलाउने ।
  19. सार्वजनिक  सेवामा  पारदर्शिता र जवाफदेहिता कायम गर्न, गराउन ऐन नियम, विनियम, निर्देशिका  लगायतले निर्देश गरे वमोजिम कार्यान्वयन गर्ने, गराउने व्यवस्था मिलाउने  ।
  20. विभिन्न निकायहरूमा परेका उजुरीका विषयमा सूचना संकलन तथा आवश्यकता अनुसार छानवीन गरी जवाफ पठाउन लगाउने ।
  21. अदालतमा परेका विभिन्न मुद्दाहरूको जवाफ पठाउने ।
  22. महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।