परिचय
मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा शिक्षा विभागको स्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभाग स्थापनाको पृष्ठभूमि थियो ।
नेपाल सरकारबाट २०५६ जेठ ९ गते राजपत्रमा सूचना प्रकाशित गरी आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाद्वारा सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न तथा क्षेत्रीय शिक्षा निर्देशनालय एवम् जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई विद्यालयको विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा विभागको गठन गरिएको हो ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको परिकल्पना
जीवनोपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्याउन गुणस्तरीय शिक्षाको विकास तथा विस्तार गर्ने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लक्ष्य
शिक्षालाई विकासको संवाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत शिक्षा उपलव्ध गराउने तथा सोभन्दा अगाडिको विद्यालयस्तरीय शैक्षिक अवसर सहज बनाउने
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको रणनीति
- शिक्षामा सबैको पहुँच बढाउन र गुणस्तरीय शिक्षाको विकास र विस्तार गर्ने दिशामा स्थानीय तहलाई नै जिम्मेवार र उत्तरदायी बनाई विद्यालय सञ्चालन गर्ने अधिकारलाई विकेन्द्रित गर्दै उनीहरूको भूमिकालाई सवलीकरण गर्न स्थानीय र सामुदायिक तहलाई सहयोग पुर्याउने,
- प्रतिस्पर्धी, समयसापेक्ष र समर्थ जनशक्ति तयार गर्ने विद्यालय शिक्षाको विकासलाई तीव्र बनाउन सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रको सामञ्जस्यपूर्ण सहकार्यलाई प्रवद्र्धन एवम् सहजीकरण गर्ने,
- केन्द्रदेखि विद्यालय तहबाट गरिने शैक्षिक कार्य र प्रक्रियालाई पारदर्शी बनाई सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन विभाग र अन्तर्गतका कार्यालयहरूको संस्थागत क्षमता विकासमा सहयोग पुर्याउने,
- सवै सरोकारवाला पक्षहरूलाई जिम्मेवार र जवाफदेही बनाई विद्यालय शिक्षाको समग्र विकास गर्ने र शैक्षिक दृष्टिले पिछडिएका वर्ग, समूह र महिलाहरूको शिक्षामा पहुँच बढाउने कार्यक्रमिक योजनाहरू तयार गर्ने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको कार्यनीति
- शैक्षिक संस्था एवम् निकायहरूलाई आवश्यक प्राविधिक सहयोग गरी उनीहरूको सवलीकरण गर्ने,
- शिक्षामा सवैको पहुँच बढाउने, शिक्षाको विकास र विस्तार गर्ने तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका लागि शैक्षिक संस्थाहरूको क्षमता विकास गर्ने,
- विद्यालय शिक्षाको उपलब्धिलाई सुनिश्चित गर्ने उद्देश्यले अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सशक्त बनाउने,
- सम्वन्धित शैक्षिक संस्था तथा निकायहरूलाई मार्ग निर्देशन गर्ने र विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य हासिल गर्नका लागि नियामकको भूमिका निर्वाह गर्ने ।
उद्देश्यहरू
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको उद्देश्यहरू यसप्रकार छन्:
- निर्धारित नीति–नियमका आधारमा आधारभूत तथा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक शिक्षाको योजना तथा बजेट तयार गरी शिक्षा मन्त्रालयमा पेस गर्ने,
- शिक्षा मन्त्रालयले बनाएका नीति–नियमहरूका आधारमा प्राथमिक र माध्यमिक शिक्षाका कार्यक्रमहरू कार्यान्वयन गर्ने गराउने,
- प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक, र उच्च माध्यमिक शिक्षासम्बन्धी कार्यक्रमहरूको रेखदेख, अनुगमन एवम् मूल्याङ्कन गर्ने र त्यसको प्रगति प्रतिवेदन मन्त्रालय र सम्बन्धित निकायमा पठाउने,
- कर्मचारीहरूको वृत्ति विकासका लागि योजना तयार गरी शिक्षा मन्त्रालयमा पेश गर्ने,
- शिक्षा विभागको कार्यक्रम कार्यान्वयन गर्दा केन्द्रीय निकायहरूका कार्यक्रमसँग समन्वय हुने गरी कार्यक्रम कार्यान्वयनको व्यवस्था मिलाउने,
- शिक्षा मन्त्रालय र मन्त्रालयसित सम्बन्धित निकायहरूबाट क्षेत्र र जिल्लास्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रमहरूका निमित्त आवश्यक पर्ने जनशक्ति उपलव्ध गराई सहयोग गर्ने,
- दातृसंस्थाहरूको सहयोगबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूको बजेट खर्च सम्बन्धित निकायबाट गर्ने/गराउने र त्यसको लेखा परीक्षणको व्यवस्था गरी–गराई समयमै सोधभर्ना लिने व्यवस्थासमेत गर्ने,