नेपाली English Fri, Mar 29, 2024   |   |

आन्तरिक प्रशासन शाखा

यस शाखाको कार्यविवरण :

१.    केन्द्रको सामान्य दैनिक प्रशासन सञ्चालनसम्बन्धी कार्यहरु गर्ने । 
२.    कार्यालयका निजामती कर्मचारीहरूको नियुक्ति, पदस्थापना, काज, सरुवा, पदोन्नति, राजीनामा, बिदा, अवकास, दण्ड–सजाय, पुरस्कार तथा विभागीयकारवाही सम्बन्धी तोकिएका कार्यहरु  गर्ने । 
३.    केन्द्रको कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन र मुल दर्ता तथा चलानी र पालो पहरा तोक्ने  सम्बन्धी कार्यहरु  गर्ने । 
४.    कार्यालयका कर्मचारीहरूको वृत्तिविकासको लागि मानवश्रोत विकास योजना ९ज्च्म् एबिल० तर्जुमा र कार्यान्वयन सम्वन्धी कामहरु गर्ने ।
५.    केन्द्रको सम्पत्ति संरक्षण, जिन्सी व्यवस्थापन, भण्डार व्यवस्थापन, कर्मचारीको ब्यक्तिगत अभिलेख ब्यबस्थापन र कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने ।
६.    नेपाल सरकारको कार्यक्रम र बजेट अनुसार कार्यालयबाट खरीद गर्नुपर्ने जिन्सी सामान खरिद योजना  ९एचयअगचझभलत एबिल० बनाई खरिद गर्ने र सो को उचित रेखदेख, मर्मतसम्भार र वितरणको व्यवस्था मिलाउने सम्बन्धी कार्य गर्ने ।
७.    दातृ समुदायरराष्ट्रसँग भएको सम्झौता र कार्यक्रम बमोजिम कार्यालयबाट हुने जिन्सी सम्बन्धी खरिद कार्यकालागि सम्झौता र कार्यक्रममा उल्लेख भएका शर्त एवम् जारी निर्देशिका बमोजिम गरी र सोको उचित वितरण तथा व्यवस्थापन गर्ने गराउने । 
८.    विदेशीदातृ संस्थाहरूसँग भएका सम्झौता अनुसारका सामग्रीहरूको खरीदगर्न भन्सार छुटको लागि सो सामानको उपादेयताका आधारमा मन्त्रालयमा सिफारिश गर्ने । 
९.    कार्यालयकोआन्तरिक व्यवस्थापन, सुरक्षा, सरसफाई तथा चमेनागृहको नियमित अनुगमन गरी तोकिएवमोजिम भए नभएको अनुगमन गरी व्यवस्थापनमिलाउने ।
१०.    कार्यालयका कर्मचारीहरूको वार्षिक तलबी प्रतिवेदन तथा सम्पत्ति विवरण सम्बन्धी आवश्यक कार्य गर्ने ।
११.    आयोजनातर्फका अस्थायी दरबन्दी स्वीकृत एवं कर्मचारी व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
१२.    स्वदेशी तथा विदेशी तालिम, गोष्ठी, सेमिनार तथा अध्ययन भ्रमणमा केन्द्रका कर्मचारीहरुको मनोनयनका लागि पेश गर्ने ।
१३.    सवारी साधनको खरीद, मर्मतसम्भार, उचित व्यवस्थापन, वितरण एवं ईन्धन सम्बन्धी आवश्यक कार्य गर्ने ,गराउने ।
१४.    दैनिक प्रशासन सन्चालन सम्वन्धी काम लगायत शाखालाई तोकिएका अन्य कार्यक्रमहरूको वार्षिक बजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित महाशाखामा प्रस्तुत गर्ने ।
१५.    कार्यालयका बारेमा पर्न आएका विभिन्न उजुरी एवम् गुनासोहरूको छानवीन गर्ने,गराउने सम्बन्धी आवश्यक कार्य गर्ने  ।
१६.    सार्वजनिक  सेवामा  पारदर्शिता र जवाफदेहिता कायम गर्न, गराउन ऐन नियम, विनियम, निर्देशिका  लगायतले निर्देश गरे वमोजिम कार्यान्वयन गर्ने । 
१७.    महाशाखावाट तोकिएका अन्य कार्यहरू गर्ने ।