नेपाली English Thu, Apr 25, 2024   |   |

आर्थिक प्रशासन शाखा

यस शाखाको कार्यविवरण :

१.    केन्द्र कार्यालय तथा अन्तर्गतका कार्यालयहरूको चालू र पूँजिगत तर्फको बजेट तथा कार्यक्रम तयार गर्न सहजीकरण गर्ने । 
२.    केन्द्रको आर्थिक कारोबारको नियमित लेखा राख्ने र प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा पठाउने । 
३.    स्वीकृत बजेट रकम मध्येबाट सम्वन्धित कार्यक्रमको रकम निकासा दिने । 
४.    मन्त्रालयबाट प्राप्त अख्तियारी र मार्ग दर्शनको आधारमा आवश्यकता अनुसार केन्द्रीय निकाय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहमा रहेका शिक्षासम्वन्धी कार्यालयहरूको बजेट खर्च गर्ने अख्तियारी पठाउने । 
५.    केन्द्रको र केन्द्र कार्यन्वयन गर्ने निकाय भै सन्चालन भएका शिक्षा सम्वन्धी आयोजना तथा परियोजनाहरुको आन्तरिक र अन्तिम लेखापरीक्षण सम्वन्धी कार्य गर्ने तथा बेरुजु लगत राख्ने एवं फछ्र्यौट गरी सम्परीक्षण गराउने । 
६.    बैदेशिक ऋण तथा अनुदान सहयोगको हिसाब दुरुस्त राख्ने र लेखा परिक्षण गराउने । 
७.    केन्द्रीयस्तरको आर्थिक विवरण तयार गर्ने । 
८.    दातृ संस्थाहरूलाई सम्झौता बमोजिम आर्थिक विवरण, वित्तीय प्रगति प्रतिवेदन  लगायत खर्चको   हिसाब पेश गर्ने र सोधभर्ना माग गर्ने । 
९.    केन्द्र र मातहतका कार्यालयहरू तथा विद्यालयहरूको आर्थिक अभिलेख व्यवस्थापनसँग सम्बन्धित कार्यहरूमा मापदण्ड तयारी तथा सहजीकरणका कार्यहरु गर्ने ।
१०.    केन्द्र मातहत निकाय तथा विद्यालयस्तरको सार्वजनिक वित्तिय व्यवस्थापनसँग सम्बन्धित आवश्यक कार्यहरू गर्ने ।
११.    प्रादेशिक, जिल्ला तथा स्थानीय शिक्षा सम्वन्धी काम गर्ने कार्यालयरनिकायरइकाइरहरूको बेरुजु लगत राख्ने र बेरुजु फछ्र्यौट सम्बन्धी काममा आवश्यकताको आधारमा समन्वय तथा सहजीकरणका  कार्यहरु गर्ने, गराउने ।
१२.    शाखालाई तोकिएका कार्यक्रमहरूको वार्षिक बजेट तर्जुमा, आवधिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित महाशाखारशाखामा प्रस्तुत गर्ने, गराउने ।
१३.    प्रचलित आर्थिक कार्यविधी ऐन तथा नियमावली बमोजिम आर्थिक प्रशासन शाखाले गर्नुपर्ने भनी तोकिएको अन्य कार्यहरु गर्ने ।
१४.    महाशाखावाट तोकिएका अन्य कार्यहरू गर्ने गराउने ।