नेपाली English Thu, Apr 18, 2024   |   |

शिक्षक तालिम शाखा

यस शाखाको कार्यविवरण :

१.    विद्यालय तहको साधारण तथा प्राविधिक धार तर्फको शिक्षाको लागि आवश्यक शिक्षक तालिमका कार्यनीति निर्माण तथा कार्यान्वयन सम्वन्धी कार्यहरु गर्ने ।
२.    शिक्षकका सक्षमताको प्रारूप तयार गर्ने ।
३.    शैक्षिक गुणस्तर सुधारका लागि  तालिम पाठ्यक्रम तथा नमूना तालिम सामग्री विकास र प्रमाणीकरण सम्वन्धी कार्यहरु गर्ने ।
४.    शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रम तर्जुमा र मापदण्ड विकास गर्ने ।
५.    सेवाकालीन शिक्षक तालिमको लागि पाठ्यक्रम निर्माण र स्वीकृति तथा नमूना तालिम स्रोत सामग्री विकास, प्रशिक्षक तयारी, तालिम मापदण्ड विकास, तालिमको प्रमाणीकरण तथा समकक्षता निर्धारण सम्बन्धी कार्यहरु गर्ने
६.    शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण तथा तालिमकेन्द्रसंगका काममा समन्वय गर्ने ।
७.    शिक्षक तालिमको मूल्यांकनका लागि ग्रिड विकास तथा नमूना प्रश्नहरु निर्माण गर्ने ।
८.    शिक्षक तालिमको मूल्याकंनको मापदण्ड तयार गर्ने । 
९.    विद्यालयको तहको पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रोवोधिकरण  गर्ने ।
१०.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।