नेपाली English Fri, Mar 29, 2024   |   |

शैक्षिक प्रविधि शाखा

यस शाखाको कार्यविवरण :

१.    विद्यालय तहमा पठन पाठन हुने कम्प्यूटर विषयको अध्यापन तथा सबै विषयको शिक्षणमा सूचना प्रविधिको प्रयोगका लागि आवश्यक पर्ने  उपकरण पूर्वाधार तथा सफ्टवेयर विकास सम्बन्धी कार्य 
गर्ने ।
२.    विद्यालय शिक्षाका लागि शैक्षिक सूचना नीति र आइसिटि मास्टर प्लान तयार गरी पेश गर्ने र स्वीकृत योजनाको प्रभावकारी कार्यान्वयनका लागि नमूना निर्देशिका  तथा कार्यविधिहरु तयार गर्ने ।
३.    शिक्षण सिकाइमा आइसिटीको प्रयोग गर्ने शिक्षक तथा प्राविधिकका लागि क्षमता विकासका प्रारुपहरु तयार गर्ने ।
४.    देशभरका विद्यालयहरुमा इन्टरनेटको पहुँच सम्बन्धी कार्यक्रम विकास र अन्तरनिकाय समन्वयसम्बन्धी कार्यहरु गर्ने  ।
५.    विद्यालय शिक्षा, निरन्तर सिकाइ र सेवाकालीन शिक्षक तालिमको लागि डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण  र प्रसारण सम्वन्धी कार्यहरु
६.    शैक्षिक सूचना प्रविधिको प्रबर्धनका लागि गैर सरकारी संस्थासंग समन्वयात्मक भूमिका निर्वाह गर्ने ।
७.    गैसस तथा निजी क्षेत्रबाट विकसित श्रव्य र श्रव्यदृष्य सामग्रीको संकलन, गुणस्तर परीक्षण र विद्यालय तहसम्म सरल र सहज पहुँचको सुनिश्चितता गर्ने ।
८.    केन्द्रको वेवसाइट तथा सूचना प्रविधि सम्बन्धी कार्यहरू गर्ने  ।
९.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।