प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण (भाग २- विशिष्टीकृत विषयवस्तु)

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी अनलाइन तालिम सामग्रीको दोस्रो भागमा स्वागत छ । बालविकास केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरूलाई प्रभावकारी रूपमा सिकाइका अवसर प्रदान गर्न चाहने बालविकास शिक्षकहरूका लागि यस भागमा थप महत्त्वपूर्ण विषयवस्तु समावेश गरिएका छन् ।

यस भागमा हामी अपाङ्गता समावेशीकरण बारेको तपाईँको बुझाइलाई थप गहिरो बनाउन प्रयास गर्ने छौँ । हामी यस भागमा प्रि-ब्रेल तथा आधारभूत साङ्केतिक भाषाका सिप, सिकाइ सहजीकरणको थप प्रभावकारी रणनीतिहरू (जस्तै: दोहोरो तथा लगातार निर्देशन), इन्द्रियमैत्री कक्षाकोठा व्यवस्थापन, लचिलो बसाइ व्यवस्थापन तथा वैयक्तिक सिकाइ योजना र वैयक्तिक परिवार सेवा योजनाहरूका बारेमा ज्ञान हासिल गर्ने छौँ ।

अनलाइन तालिम सामग्रीको यस भागमा सहभागी भएर तपाईँले अपाङ्गता समावेशीकरणमा आफ्नो विशेषज्ञतालाई अझ बढाउनुहुने छ र अपाङ्गता भएका बालबालिकाहरूको सिकाइमा सहजीकरण गर्नका लागि तयार हुनुहुने छ । 

Course Content

Expand All