सहकार्य र सञ्जाल निर्माण

हरेक कार्य सफल बनाउनका लागि  सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्य आवश्यक पर्दछ ।  अपाङ्गता तथा विशेष सिकाइ आवश्यकता भएका बालबालिकाहरूको सिकाइमा सहयोग पुर्‍याउन उनीहरूको परिवार तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नु अपरिहार्य छ । यस सत्रमा सरोकारवालाहरुको पहिचान गर्ने तथा उनीहरूसँग समन्वय र सहकार्य कसरी गर्ने साथै सहयोग सञ्जाल कसरी विस्तार गर्ने भन्ने बारेमा व्यावहारिक उदाहरणहरू प्रस्तुत गरिएको छ ।