प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण (भाग १- आधारभूत विषयवस्तु)

प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरणसम्बन्धी अनलाइन तालिम सामग्रीको पहिलो भागमा स्वागत छ । यो सामग्री ती सबै बालविकास शिक्षकहरूका लागि तयार गरिएको हो जो आफ्ना कक्षाकोठामा अपाङ्गता भएका बालबालिकाहरूसहित सबैलाई स्वागत गर्न र सहजीकरण गर्न चाहनुहुन्छ ।

यस भागमा समावेशीकरण र विविधता, अपाङ्गता भएका बालबालिकाका बारेमा आधारभूत जानकारी, समावेशी कक्षाकोठाको व्यवस्थापन तथा समावेशी खेलजस्ता महत्त्वपूर्ण विषयवस्तुहरू समेटिएका छन् । बालबालिकाका विविध सिकाइ आवश्यकताहरू सम्बोधन गर्ने, सिर्जनात्मक चालका गतिविधि तथा दैनिक कक्षाकोठाका गतिविधिहरूलाई समावेशी बनाउने विभिन्न सिकाइ रणनीतिका बारेमा पनि यहाँ चर्चा गर्ने छौँ । यसका अतिरिक्त वैकल्पिक सञ्चार विधिहरू, जस्तै- दृश्य र स्पर्श सामग्रीको प्रयोगको बारेमा समेत छलफल गर्ने छौँ । 

यस पाठ्यक्रमको अन्त्यसम्ममा तपाईँहरू समावेशी वातावरण सिर्जना गर्नका लागि आवश्यक व्यावहारिक सिपहरू प्राप्त गर्नुहुने छ जसले अपाङ्गता भएकासहित सबै बालबालिकाहरूलाई शैक्षिक गतिविधिमा समावेश गर्न सकिने छ ।  यस सामग्रीमा समेटिएका विभिन्न विषयवस्तुले तपाईँलाई बालबालिकाहरूका विविध आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न र  कक्षाकोठामा प्रत्येक विद्यार्थीका लागि सकारात्मक सिकाइ अनुभव बढाउन प्रेरित गर्ने छ । 

Course Content

Expand All