ओरेगामी अभ्यास गरी कागजको प्लेन, पुतली तथा अन्य वस्तु बनाउने

सिकाइ उद्देश्य

• सूक्ष्म अङ्गको विकास हुनेछ, • गन्ती वा दूरीको अवधारणा सिक्नेछन्, र • एकाग्रता र ध्यान केन्द्रित गर्ने सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

रङ्गीन कागजहरू ।

मुल्याङ्कन

कागज पट्याएर कुनै आकार बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई रङ्गीन कागजका टुक्राहरू दिने । कागज पट्याएर प्लेन वा कुनै चुच्चो आकार बनाउन लगाउने । शिक्षकले सबैलाई एकएक गरेर कागज पट्याउन सिकाउने । त्यसपछि त्यसलाई एउटा भित्तामा उभिएर अर्को भित्तातिर ५-१० पटक फाल्न लगाउने, अब कति परसम्म प्लेन उड्यो भनेर नाप्न वा अन्दाज गर्न लगाउने । यसै गरी पुतली, नाउ तथा अन्य वस्तु पनि बनाउन सकिन्छ । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।