कोठेतालिका खेल (टीक-ट्याक-टो)

सिकाइ उद्देश्य

• निर्णय क्षमताको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

रातो र निलो रङ्गका ढुङ्गाहरू, ९ ओटा कोठा तानेको चार्ट पेपर ।

मुल्याङ्कन

कोठेतालिका खेल (टीक-ट्याक-टो) खेल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई २-२ जनाको समूहमा राख्ने । ९ ओटा कोठा तानेको चार्ट पेपर दिने र एकजनालाई रातो अनि अर्को जनालाई निलो ५-५ ओटा ढुङ्गा दिने । अब कोठामा ढुङ्गा राख्न लगाउने । कसले छिटो लहरै तीनवटा हुने गरी मिलाउँछन् त्यो हेर्ने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।