स्वावलम्बन सीप

सिकाइ उद्देश्य

• स्वावलम्बन सीप विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

बिर्को भएका बट्टा ।

मुल्याङ्कन

बट्टाको बिर्को खोल्न र लगाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकासामु बिर्को भएका विभिन्न आकारका बट्टाहरू बिर्को खोलेर राखिदिने । बालबालिकालाई बट्टामा बिर्को लगाउन दिने । यसै गरी बट्टाको बिर्को खोल्न र लगाउन लगाउने । यसरी नै तुना बाँध्ने तथा कस्ने आदि कार्य गर्न पनि लगाउन सकिन्छ ।