बालुवा खेल

सिकाइ उद्देश्य

• एकाग्रता बढ्नेछ, र • सूक्ष्म मांशपेशीको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

रङ्गीन ढुङ्गाहरू वा लप्सीका दाना, कदमका दाना, बालुवा, साना भाडाहरू ।

मुल्याङ्कन

बालुवामा लुकाएका ढुङ्गा खोज्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई बालुवा भएको स्थानमा लैजाने । बालुवालाई सुरक्षित स्थानमा बाहिर फराकिलो भाँडामा राख्ने । बालुवा चालेर मसिनो बनाउने । पानी छर्केर बालुवालाई चिसो वा ओसिलो बनाउने । अब रङ्गीन ढुङ्गाहरू वा लप्सीका दाना, कदमका दानाहरू बालुवाभित्र लुकाउने । बालबालिकालाई लुकाएका ढुङ्गा खोज्न लगाउने । कसले कतिओटा भेटाए गन्न लगाउने । यसै गरी विभिन्न आकारका भाँडाहरूमा बालुवा भर्न, सार्न लगाउने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।