स्पन्जबाट पानी सार्ने

सिकाइ उद्देश्य

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र • ध्यान केन्द्रित गर्नेछन् ।

आवश्यक समाग्रीहरू

स्पन्ज, कचौरा वा बाटाहरू ।

मुल्याङ्कन

स्पन्ज प्रयोग गरेर एउटा कचौरा वा बाटाबाट अर्कोमा पानी सार्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

एउटा कचौरा वा बाटामा पानी राख्ने । बाटालाई बेसिनमा वा पानी पोखिए पनि नबिग्रने ठाउँमा (बाहिर) राख्ने । अब बालबालिकालाई उक्त कचौरा वा बाटाबाट स्पन्ज प्रयोग गरेर अर्को कचौरा वा बाटामा पानी सार्न लगाउने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।