फिँज खेलाउने

सिकाइ उद्देश्य

• एकाग्रता बढ्नेछ ।

आवश्यक समाग्रीहरू

फिँज आउने रिठ्ठा, कदम, कन्टकारी जस्ता स्थानीय वनस्पति, सर्फ, साबुन, वा झोल साबुन वा स्याम्पु ।

मुल्याङ्कन

हात रगडेर फिँज बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

एउटा ठूलो बाटामा पानी राखेर फिँज आउने रिठ्ठा, कदम, कन्टकारीजस्ता स्थानीय वनस्पति वा सर्फ, साबुन, वा झोल साबुन,स्याम्पु हाल्ने, फिँज निकाल्न बालबालिकाको आँखामा नपरोस् भनेर सुरक्षाबारे विशेष ध्यान दिने, सोहीअनुसार निर्देशन दिने । अब बालबालिकालाई त्यो फिँज खेलाउन दिने । हातमा रगडेर ठूलोठूलो बबल बनाएर, फुकेर उडाउन लगाउने वा उडाउन दिने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु