अभिनय चिन्ने

सिकाइ उद्देश्य

• कल्पना क्षमता बढ्नेछ ।

आवश्यक समाग्रीहरू

· कागजमा विभिन्न क्रियाकलाप (नाचेको, गीत गाएको, रोएको) गरेका चित्रहरू

मुल्याङ्कन

कल्पना अनि नक्कल गर्न सकेको नसकेको हेर्ने

क्रियाकलाप विधि

बालबालिकालाई एक एक गरेर क्रियाकलाप गरेका चित्रहरू तान्न लगाउने।जसलाई जुन कार्य गरेको चित्र पर्छ त्यस्तै अभिनय गर्न लगाउने । उदाहरणको लागि यदि नाचेको चित्र परेमा, नाच्न लगाउने।यस कार्यमा बोल्न पाइदैन।चित्रहरूलाई सांकेतिक भाषामा पनि प्रस्तुत गर्न सकिनेछ । दृष्टी सम्बन्धि अपाङ्गता भएका बालबालिकाका लागि कुनै घटना वा कार्य भनेर अभिनय गराउन सकिने छ ।