अभिनय
सिकाइ उद्देश्य
• नक्कल गर्न सक्नेछन्, र • कल्पना गर्ने क्षमता विकास हुनेछ ।
आवश्यक समाग्रीहरू
विभिन्न काम गरिरहेको देखाउने चित्रपत्ती ।
मुल्याङ्कन
अभिनय गर्ने र अभिनय बुझ्न सके नसकेको हेर्ने ।
क्रियाकलाप विधि
विभिन्न काम गरिरहेको देखाउने चित्रपत्ती लिने । बालबालिकालाई चित्रहरू देखाएर चित्रमा भए जस्तै अभिनय गर्न लगाउने, जस्तै:- दाँत माझेको, कपाल कोरेको, मुख धोएको । अब बालबालिकाले नबोली अभिनय गर्न लगाउने र अरू साथीहरूलाई त्यो केको अभिनय हो भनी चिन्न लगाउने । यस्ता अभिनय साङ्केतिक भाषामा पनि गर्न सकिनेछ ।