अवाकस वा मालाहरू

सिकाइ उद्देश्य

• गन्ती सिक्नेछन्, र • धेरै, थोरै, जोड र घटाउको अवधारणा बनाउनेछन् ।

आवश्यक समाग्रीहरू

अवाकस सेट अथवा मालाहरू ।

मुल्याङ्कन

अवाकस प्रयोग गरेर गन्ती गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई अवाकस वा माला दिने र त्यसमा भएका गोटीहरूलाई यताउता सार्न लगाउने । अब शिक्षकले कुनै निश्चित सङ्ख्या भन्ने र त्यति नै गोटी सार्न लगाउने । उदाहरणका लागि शिक्षकले “५ ओटा सार” भनेमा बालबालिकाले ५ ओटा नै सार्नु पर्छ । यसै गरी धेरै, थोरै, जोड र घटाउ सिकाउन सकिन्छ ।