चित्र बनाउने

सिकाइ उद्देश्य

• नयाँ सिर्जनशीलता वा कला सिक्नेछन्, र • कल्पना गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

पेन्सिल, क्रेयन, चक ।

मुल्याङ्कन

स्वतन्त्ररूपमा चित्र बनाउन सक्नेछन् ।

क्रियाकलाप विधि

बालबालिकालाई सादा कागज दिने र स्वतन्त्ररूपमा चित्र बनाउन लगाउने । चित्रमा रङ भर्न दिने । चित्र बनाइसकेपछि केको चित्र बनाएको हो भनी सोध्ने। साथै वस्तुको नाम भनेर त्यसको चित्र बनाउन पनि सकिन्छ ।