आवाज खेल

सिकाइ उद्देश्य

• ध्वनि पहिचान तथा विभेदीकरण गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

कचौरा, थाल, बट्टाजस्ता आवाज आउने विभिन्न भाँडाहरू, चम्चा वा सानो लट्ठी ।

मुल्याङ्कन

ध्वनि पहिचान गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कक्षामा भएका आवाज आउने तर नफुट्ने भाँडा वा बट्टाहरू जम्मा गर्ने । बालबालिकालाई चम्चा वा हलुका सानो लट्ठी दिने । अब चम्चा वा लट्ठीले भाँडामा ठोकेर आवाज निकाल्न लगाउने । आवाज निकाले पिच्छे “वाह !” भन्दै ताली बजाउने । सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि आवाज आउने वस्तुहरू छाम्न दिएर कम्पन वा भाइब्रेसन महशुस गर्न दिने । फरक वस्तु वा भाँडाबाट आएका फरकफरक आवाजहरूलाई ध्यान दिएर सुन्न लगाउने । कस्तो आवाज आयो भन्न लगाउने ।