वातावरण चिन्ने खेल, प्रकृति अवलोकन

सिकाइ उद्देश्य

• आफ्नो वरिपरि भएका वस्तुहरू चिन्न सक्षम हुनेछन्, र • वातावरणसँग नजिक हुनेछन् ।

आवश्यक समाग्रीहरू

वरिपरिको वातावरण, बगैंचा ।

मुल्याङ्कन

वरिपरि भएका वस्तुहरूमा ध्यान दिए नदिएको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई कक्षाकोठाबाट बाहिर लिएर जाने । वरिपरिको विभिन्न वस्तुहरू देखाउने । अथवा “वरिपरि एक्का, फूल देख्खा” वा “वरिपरि एक्का, चरा देख्खा” भनेर विभिन्न वस्तुहरू खोज्न र देखाउन लगाउने । बाहिर भएका वस्तुहरूको बारेमा कुरा गर्ने, बताउने । फूल पातहरू छाम्न, सुँघ्न दिने । देखेका वस्तुलाई औंलालेदेखाउँदै नाम भन्दै हेर्न हौसला दिने । बालबालिकाले कुनै नयाँ वस्तु देखे वा देखाए भने “स्याबास” भनेर प्रशंसा गर्ने । यदि बालबालिकाले देखेनन् वा देखाउन सकेनन् भने एकछिन यताउता खोज्न प्रेरित गर्ने । वस्तु भएकोतिर केही सङ्केत दिएर हेर्न लगाउने नत्र आफूले देखाइदिने ।