अङ्ग चिनाउने खेल

सिकाइ उद्देश्य

• आफ्नो शरीरको अङ्गहरू चिन्ने सक्नेछन् ।

आवश्यक समाग्रीहरू

पहिलो भागः अनुहारको चित्र, चित्रपत्ती; दोस्रो भाग – हात, खुट्टा, पेट, छाती, घाँटीको चित्र, चित्रपत्ती ।

मुल्याङ्कन

बालबालिकाले अङ्ग चिने नचिनेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई ऐना हेर्दै आफ्नो आँखा, नाक, कान, टाउको छाम्न लगाउने र अङ्ग चिन्ने अभ्यास गराउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि चित्रहरू अनुहार वा अङ्गहरूसँग सम्बन्धित गर्दै देखाउने साथै सङ्केत चित्रहरू राख्ने । त्यसपछि, चित्रहरू देखाउँदै उनीहरूलाई आफ्नो अङ्ग छाम्दै नाम भन्न लगाउने । गुडिया दिएर अङ्गहरू चिन्ने र लेसिलो माटो/ प्ले-डोको प्रयोगबाट त्यस्तै अङ्गहरू बनाउने अभ्यास गराउने । यो क्रियाकलापबारे बालबालिकालाई स्पष्ट निर्देशन दिनु पर्दछ । यस क्रियाकलापमा सबै (अपाङ्गता भएका समेत) बालबालिकालाई सँगै समावेश गराउन सकिन्छ ।