कोठाभित्र टेन्ट राखेर खेल्ने

सिकाइ उद्देश्य

• फरक अवस्था र परिस्थतिमा समायोजन हुने सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

तन्ना वा ओड्ने वा ब्लाङ्केट ।

मुल्याङ्कन

टेन्टभित्र खेल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कक्षाकोठामा एउटा सुरक्षित कुनामा तन्ना वा ओड्ने वा ब्लाङ्केट राखेर टेन्ट बनाउने । बालबालिकालाई टेन्टभित्र बस्न लगाउने र खेल अभिनय गराउने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।