क्याम्पिङ

सिकाइ उद्देश्य

• व्यवस्थापन तथा समायोजन सीप विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

तन्ना वा ओड्ने वा ब्लाङ्केट, कुर्सीहरू वा किलाहरू, टर्चलाइट ।

मुल्याङ्कन

टेन्टभित्र खेल्न सके नसकेको हेर्ने

क्रियाकलाप विधि

बाहिर सुरक्षित स्थानमा बालबालिकालाई सहज हुने गरी कुर्सी तथा तन्ना वा ब्लाङ्केट राखेर टेन्ट बनाउने । टेन्टभित्र किताबहरू, खेलौनाहरू राख्ने । टर्चलाइट बालेर बालबालिकालाई टेन्टभित्र पस्न लगाउने र टेन्टभित्र विभिन्न अभिनय गर्न लगाउने । यो क्रियाकलाप गर्नुअगाडि खेल खेल्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ ।