कागज वा प्लास्टिकको गिलास लडाउने

सिकाइ उद्देश्य

• मांशपेशीको नियन्त्रण क्षमताको विकास हुनेछ, र • दूरीको अवधारणा विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

रङ्गीचङ्गी बेलुन, कागजका गिलासहरू

मुल्याङ्कन

गिलास लडाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई बेलुन दिने र फुलाउन लगाउने । शिक्षकले पनि सँगै बसेर बेलुन फुलाउन सहयोग गर्ने । कागजका गिलासहरूलाई चाङ मिलाएर राख्ने । अब बेलुनको मुखमा समाएर बिस्तारै हावा खोल्न लगाउने र त्यो हावाले गिलास लडाउन भन्ने । कसले धेरैओटा गिलास लडाउँछन् त्यो हेर्ने र गन्न लगाउने । गिलास लडाउन नसक्नेलाई पटकपटक अभ्यास गराउने ।