बेलुन उडाउने

सिकाइ उद्देश्य

• बेलुन फुक्न सक्नेछन्, र • शारीरिक सक्रियता हुनेछ ।

आवश्यक समाग्रीहरू

रङ्गीचङ्गी बेलुन ।

मुल्याङ्कन

बेलुन फुलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई बेलुन दिने र फुलाउन लगाउने । शिक्षकले पनि सँगै बसेर बेलुन फुलाउने । अब बाहिर खुला चौरमा अथवा कक्षाकोठामा खुल्ला र स्वतन्त्ररूपमा बेलुन उडाउन लगाउने । बेलुन फुकेर कत्रो अकारको बनाउने हो त्यो पनि पहिले नै बताउने र नमूना देखाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई बेलुन छोएर आवाज निकाल्न लगाउने । बेलुन फुक्दा पड्किने हुनाले सुरक्षित कसरी रहने बताउने । बेलुनको रङ्ग कस्तो छ, कति माथि उड्यो भनेर बताइदिने ।