गीत गाउने र नाच्ने

सिकाइ उद्देश्य

• आत्मविश्वास बढाउने, र • समूहमा घुलमिल हुने बानीको विकास गर्ने ।

आवश्यक समाग्रीहरू

गीत, स्थानीय बाजाका सामान (जस्तैः- मादल) ।

मुल्याङ्कन

बालबालिकाले गीतसँग मिलाएर हाउभाउ व्यक्त गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई गोलो घेरामा राख्ने । शिक्षकले गीत गाउँदै हाउभाउसहित नाचेर देखाउने बालबालिकालाई पनि त्यसै गरी नाच्न लगाउने । गीतलाई छोटोछोटो भागमा बाँडेर नाच्न लगाउने । शिक्षकले बालबालिकाको हात समातेर हाउभाउ गराउने, हल्लाइ दिने । उभिन नसक्ने बालबालिकालाई बसेरै हातखुट्टा चलाउँदै सहभागी हुन सहयोग गर्ने । २-२ जनाको समूह बनाएर गोलो घेराको बीचमा पालैपालो नाच्न पनि लगाउन सकिन्छ ।