गन्ती खेल

सिकाइ उद्देश्य

• गन्ती गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

डाइस, ढुङ्गा वा गेडागुडी ।

मुल्याङ्कन

आफूसँग भएको सामग्री गन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई ४-५ जनाको समूह बनाएर एकएक मुठी ढुङ्गा वा गेडागुडी दिने । अब एकएक जनालाई पालैपालो डाइस गुल्टाउन लगाउने । डाइसमा जति अङ्क आउँछ त्यति गन्दै ढुङ्गा वा गेडागुडी लिन लगाउने । अन्त्यमा कोसँग कति भयो भनेर गन्न लगाउने ।