टिनफोइलबाट विभिन्न आकार बनाउने

सिकाइ उद्देश्य

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र • हात र आँखाबीचको समन्वय विकास हुनेछ

आवश्यक समाग्रीहरू

टिनफोइलको रोल

मुल्याङ्कन

टीनफोइलबाट विभिन्न आकार बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई टिनफोइल अथवा र्‍यापिङ पेपर दिने र यसलाई हातमा लिएर विभिन्न आकार बनाउन लगाउने, जस्तै:- गोलो, त्रिभुजाकार वा बेलनाकार बनाउन भन्ने । अरू के-के बनाउन सकिन्छ होला अनुमान गर्न र बनाउन लगाउने । टिनफोइललाई हातमा लिएर कच्याककुचुक पार्न, बल बनाउन लगाउने ।