चित्रात्मक समयतालिका

सिकाइ उद्देश्य

• चित्रको माध्यमबाट कार्य गर्न प्रोत्साहित हुनेछन्, • चित्र हेर्दै गर्नुपर्ने कामहरू बताउन सक्नेछन्, र • चित्र हेर्दै आफ्नो कार्य गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

कार्डबोर्ड, समयतालिका ।

मुल्याङ्कन

चित्र हेर्दै आफ्नो कार्य गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कार्डबोर्डमा बालबालिकाले गर्नुपर्ने कार्यको विस्तृतीकरण गरी चित्र बनाउने । यस सामग्रीलाई बालबालिकाले देख्ने गरी जे कार्य गर्ने हो त्यसै स्थानमा राख्ने, जस्तै:- खाना खाने बेलामा गरिने कार्यहरू भए खाना खाने स्थानमा झुण्ड्याउने । शिक्षकले चित्र देखाउँदै अब के गर्ने भन्ने । बालबालिकाले बुझ्ने गरी साङ्केतिक भाषामा र शब्दमा भनिदिने, जस्तै:- चित्रमा हात धुन लाइनमा उभिने, हात धुने, त्यसपछि तोकिएको स्थानमा बसेर खानेजस्ता कार्यहरूलाई पटकपटक दोहोर्‍याएर भन्ने । चित्रात्मक समयतालिका घरमा पनि प्रयोग गर्न सकिन्छ ।