संवेग अभिव्यक्ति

सिकाइ उद्देश्य

• सामग्रीको माध्यमबाट बालबालिकाको भावना पहिचान गर्न सकिनेछ • बालबालिकाको भावनाको आधारमा क्रियाकलाप तयार गर्न सहयोग गर्नेछ ।

आवश्यक समाग्रीहरू

चार्ट पेपर, भावनाअनुरूपका चित्र राखिएका कार्डहरू

मुल्याङ्कन

भावनाअनुरूपका चित्र देखाएर संवेग व्यक्त गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकाको उचाइअनुरूप उनीहरू पुग्ने/भेट्ने गरी संवेग अभिव्यक्ति चार्ट झुन्ड्याउने । विभिन्न भावना लेखिएका चित्र राखिएका कार्डहरू तयार गर्ने । यस्ता कार्डहरू बालबालिकाको सङ्ख्याअनुरूप बनाउन सकिन्छ । अब प्रत्येक बालबालिकालाई आज कस्तो लागेको छ भनेर सोध्ने र उनीहरूलाई त्यो भावना देखाउने चित्रपत्ती छान्न लगाउने । आफूले छानेको कार्ड ल्याएर झुन्ड्याएको चार्टमा टाँस्न लगाउने । यसबाट बालबालिकाको संवेग थाहा पाउन सकिन्छ र उनीहरूलाई मद्दत गर्न सकिन्छ ।