सञ्चार कार्ड

सिकाइ उद्देश्य

• बालबालिकाले आफूलाई लागेको अत्यावश्यक कार्य व्यक्त गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

कार्डबोर्डका टुक्राहरू, दैनिक आवश्यक कार्यका चित्रहरू ।

मुल्याङ्कन

चित्रको माध्यमबाट आफूलाई लागेको अत्यावश्यक कार्य व्यक्त गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

करिब ५ इन्चका झुण्ड्याउन मिल्ने कार्डबोर्डका टुक्राहरू बनाउने । यी टुक्राहरूमा दैनिक आवश्यक कार्यसँग सम्बन्धित इम्बोस्ड गरिएका चित्रहरू राख्न उदाहरणका लागि:- शौचालय, खाना, पानी आदि; अथवा खेल, नाचगान, आराम आदि; अथवा विभिन्न खाले संवेगहरू, जस्तै:- खुशी, दु:खी, रिस आदि । यी चित्र भएका टुक्राहरूलाई धागोले बाँधेर सबै बालबालिकाले सहज भेट्ने/पुग्ने ठाउँमा झुन्ड्याउने ।अथवा यसलाई साँचो राख्ने रिङ्गमा हाल्न र बालबालिकाको कम्मरमा बाँधिदिने । यसलाई माला बनाएर लगाइदिँदा पनि हुन्छ । बालबालिकालाई आफूलाई परेको बेलामा चित्रहरू देखाएर सहयोग माग्ने अभ्यास गराउने । उदाहरणका लागि:- शौचालय जान मन लागेको बेलामा शौचालयको चित्र अथवा खेल्न मन लाग्दा खेल भएको चित्र देखाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि कार्डहरूलाई निश्चित ठाउँमा झुन्ड्याउने वा राख्ने गरेमा बालबालिकाले हात वा औंलाले देखाएर वा छामेर वा बोलेर पनि आफूले चाहेको कुरा व्यक्त गर्न सक्नेछन् ।