क्रियाकलापमा आधारित चित्रात्मक कार्ड

सिकाइ उद्देश्य

• चित्रको माध्यमबाट क्रियाकलाप पहिचान गर्न सक्नेछन्, र • चित्रको आधारमा क्रियाकलाप गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

चित्रपत्ती ।

मुल्याङ्कन

चित्रको आधारमा क्रियाकलाप गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

यो क्रियाकलाप ठूलो समूहमा गरिने भएकोले शिक्षकले के क्रियाकलाप गराउन लागेको हो सोही चित्र भएको कार्ड सबैलाई देखाउने । चित्रमा इम्बोस्ड गरेर छाम्न मिल्ने बनाउने । शिक्षकले बालबालिकाका लागि बोल्दै अब हामी यस्तो गर्ने भनेर चित्रमा भएको जस्तो कार्य गर्न सहयोग गर्ने । उदाहरणका लागि गोलो भएर बस्ने हो भने सोही चित्र देखाउने अथवा पढ्ने वा खेल्ने समय हो भने सोहीअनुरूपको चित्रपत्ती प्रस्तुत गर्ने वा देखाउने र बालबालिकालाई त्यस्तै गर्न लगाउने । प्राकृतिक रङ्गहरूको प्रयोग गर्ने ।