मेरो सञ्चार पाटी

सिकाइ उद्देश्य

• चित्र वा सङ्केतको माध्यमबाट सञ्चार सीप विकास गर्ने, र • सिकाइसम्बन्धी समस्या भएका बालबालिकालाई सिक्ने वातावरण तयार गर्ने ।

आवश्यक समाग्रीहरू

चित्र तथा सङ्केतहरू ।

मुल्याङ्कन

सङ्केतको माध्यमबाट आफूले चाहेको कुरा भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

सञ्चार पाटीमा भएका चित्र वा सङ्केतहरूमध्ये सुरुमा २ वा ३ ओटा मात्र राख्ने र बालबालिकालाई टिप्न लगाउने । उक्त चित्र वा सङ्केत शिक्षकलाई दिन भन्ने । यसबाट बालबालिकाले आफूले चाहेको कुरा भन्न चित्र वा सङ्केतको प्रयोग गर्न सिक्दछन् । सुरुमा बालबालिकालाई सङ्केत शिक्षकसम्म लिएर जान वा सङ्केतको आदानप्रदान गर्न सहयोग आवश्यक पर्न सक्दछ, त्यतिबेला अर्को साथी वा वयस्कले नबोली बालबालिकालाई सहयोग गर्नुपर्दछ । बिस्तारै उनीहरू यसमा अभ्यस्त हुन्छन् । बालबालिकाले क्रमशः सङ्केतबाट चित्र पहिचान गर्न तथा मलाई यो गर्न मन छ भनेर चित्र देखाउँदै सिक्दै जाने हुनाले शिक्षकले बिस्तारै (क्रमिकरूपमा) अभ्यास गराउनुपर्दछ । साथै बालबालिकाले आफूले भन्ने कुराको चित्र देखाएर सञ्चार पाटीमा नै राख्नुपर्ने भएकोले यसका लागि पनि शिक्षक तथा अन्य कसैको सहयोग आवश्यक पर्न सक्दछ ।