पुतलीको जीवनचक्र

सिकाइ उद्देश्य

• पुतलीको जीवनचक्र भन्न सक्नेछन्, र • जीवनचक्रको चित्रपत्तीहरूलाई क्रमिकरूपमा मिलाउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

जीवनचक्रलाई ४ भागमा (सानो) बाँडिएको चित्रपत्तीहरू, पुतलीको पूर्ण जीवनचक्रको चित्रसहितको ए-फोर साइज (A4 size) को चित्रपत्ती ।

मुल्याङ्कन

जीवनचक्रको चित्रपत्तीहरूलाई क्रमैसँग मिलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई सहज बसाइको व्यवस्था गरी प्रत्येक सानो चित्रहरू र ए-फोर साइज (A4 size) को चित्रपत्तीको बारेमा बताउने । प्रत्येक चित्रलाई देखाउँदै छलफल गर्ने सकेसम्म चित्रमा देखिएका चरणहरूलाई वास्तविकरूपमा पनि अवलोकन गराउने । शिक्षकले चित्रलाई क्रमिकरूपमा अर्को A4 size को चित्रसँग जोडा मिलाउँदै र चरणको नाम भन्दै मिलाउने । प्रत्येक बालबालिकालाई पालैपालो सानो चित्रपत्तीहरूलिई पूरै जीवनचक्र भएको ठूलो (A4 size) चित्रसँग जोडा मिलाउन लगाई जीवनचक्रको चरणको नाम पनि भन्न लगाउने । यो क्रियाकलाप सबै बालबालिकालाई पालैपालो गराउने । प्रयोग गरिने सबै चित्रमा इम्बोस्ड गर्न र सङ्केतको प्रयोग गर्न सकिन्छ