अङ्ग चिनाउने खेल

सिकाइ उद्देश्य

• अङ्गहरू चिनेर नाम भन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

चित्रपत्ती र अङ्गहरूको चित्र तथा शब्दपत्ती ।

मुल्याङ्कन

अङ्ग चिनेर ठीक ठाउँमा चित्रपत्ती टाँस्न सके नसकेको हेर्ने।

क्रियाकलाप विधि

शिक्षकले खेलौना वा गुडिया लिने । गुडियाको अनुहारमा आँखा, कान, नाक, कपाल, मुख देखाउँदै नाम भन्ने । गुडियाको अनुहारमा इम्बोस्ड गरिएका आँखा, कान, नाक, कपाल, मुखका चित्रपत्ती क्रमश: नाक, कानहरू देखाउँदै टाँस्ने । पटकपटक झिक्दै नाम भन्दै टाँस्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि विभिन्न आकृतिको प्रयोग गर्ने र उनीहरूलाई छाम्न लगाउने ।