काट्ने, टाँस्ने र ढाँचा तयार गर्ने

सिकाइ उद्देश्य

• विभिन्न किसिमका ढाँचाहरू तयार गर्न सक्नेछन्, र • ध्यान केन्द्रित गर्ने अभ्यास हुनेछ ।

आवश्यक समाग्रीहरू

पत्रिकाका टुक्रा वा चित्रहरू, पातहरू, कपडाका टुक्राहरू, गम वा टाँस्ने वस्तु, टाँस्नका लागि चार्ट पेपर वा पत्रिका, बालबालिकाका लागि उपयुक्त कैंची ।

मुल्याङ्कन

काट्न, टाँस्न र ढाँचा तयार गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई पत्रिका वा चार्ट पेपर दिने । बालबालिकालाई कागज काट्न लगाउने र कागजका टुक्रा, चित्र, पात वा कपडाका टुक्राहरू लिने र चार्ट पेपर वा पत्रिकामा टाँस्न लगाउने । यसरी टाँस्दा विभिन्न ढाँचाहरू बनाउन लगाउने ।