पुस्तिका (बुकलेट) बनाउने

सिकाइ उद्देश्य

• सूक्ष्म अङ्गको विकास गर्ने, • खस्रो, नरम आदि जस्ता विभिन्न बनावट (Texture) थाहा पाउन र फरक छुट्याउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

सेतो A4 साइजको कागज, पुस्तिकामा टाँस्न प्रयोग हुने गम, विभिन्न चित्रहरू वा साना साना गेडागुडीहरू, बालुवा ।

मुल्याङ्कन

पुस्तिका तयार गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

A4 साइजको कागजलाई चार भाग गरी काटेर राख्ने । कम्तीमा कभर पेजसहित ६ पेजको पुस्तिका बनाउनका लागि तयारी गर्ने । बालबालिकालाई के विषयको पुस्तिका बनाउने हो सोबारे बताउने र सबैलाई काटेर तयार गरेको कागज/पेजहरू दिने । प्रत्येक पेजमा कम्तीमा ३ ओटा चित्र रहने गरी स्केच गर्ने र उक्त स्केचमा रङ्ग भर्ने वा टाँस्नका लागि थरिथरिका सामग्री दिने । बालबालिकासँगै बसेर पुस्तिका तयार गर्न सहयोग गर्ने । दृष्टिसम्बन्धी अपाङ्गता भएका र नभएका बालबालिकालाई जोडी बनाएर पनि यो क्रियाकलाप गराउन सकिन्छ । यो क्रियाकलाप समूहमा अथवा साथी-साथीमा पनि गराउन सकिन्छ । यो कार्य एकै पटकमा वा एकै दिनमा सक्न आवश्यक छैन ।