सन्तुलन मिलाएर हिड्ने

सिकाइ उद्देश्य

• सन्तुलन मिलाएर हिँड्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

डोरी, काठको फल्याक, भुइँमा कोरेका धर्साहरु ।

मुल्याङ्कन

सन्तुलन मिलाएर हिँड्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

डोरीलाई बाङ्गो/नागबेली बनाएर भुइँमा राख्ने र बालबालिकालाई डोरीमाथि हिँड्न लगाउने । यसै गरी काठको फल्याक तेर्साएर राख्ने र त्यसमाथि हिँड्न लगाउने । भुइँमा विभिन्न आकार वा ढाँचामा धर्साहरू कोर्ने र पटकपटक विभिन्न आकारमा हिँड्न अभ्यास गराउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई हिड्ने ठाउँमा फरक स्पर्श अनुभव गर्ने कार्पेटको टुक्रा, अण्डाको क्यारेट, कपडा वा बालुवा जस्ता वस्तुको प्रयोग गरी क्रियाकलापमा सहभागी गराउने ।